Tuesday, December 23, 2008

नेपाल पत्रकार महासंघद्धारा राजधानीमा एक घण्टे शान्ति धर्ना कार्यक्रम आयोजना गरियो ।

नेपाल पत्रकार महासंघले राजधानीमा आज एक घण्टे शान्ति धर्ना कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम बबरमहल सडक विभाग कार्यालय अगाडिबाट शरु भई काठमाडौ जिल्ला प्रशासन कार्यलय हुदै सिहंदरबारको उत्तर ढोकामा गए धर्नाको रुपमा परिणत भएको थियो । सो कार्यक्रम विशेष गरि मिडिया र मिडियाकर्मीहरु प्रति भएको दमनको विरोधमा आयोजना गरिएको हो । कार्यक्रममा सम्पादक सञ्जालका अध्यक्ष युवराज घिमिरेले यो आन्दोलन पुलिस दमन विरुद्ध नभएर ,यो दमन कसले गरिरहेको छ , राज्यको भुमिका के छ भन्ने विरुद्ध आफुहरु लडदै छौ । सत्ताले प्रेसलाई सधै रुचाउदैन र सत्ताधारी पार्टी माओवादी स्वतन्त्र प्रेस र न्यायलयको विरुद्धमा रहेको समेत बताउनुभयो । त्यसैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द झाले हाम्रो मागहरु सकारले पुरा गर्नेर्पछ र हामीले सधै आश्वासन मात्र नसहने र यस्ता दमनकारीहरुलाई कडा कारवाही गरिनुपर्ने आज यो समस्यालाई अन्र्तराष्टिय सञ्चार जगतले पनि चासोको साथ लिइरहेको छ र यसप्रति ऐक्यबद्धता जनाएर सहयोग गरेको बताउनुभयो । सो कार्यक्रममा प्रेस चौतारीका शम्भु श्रेष्ठले छापा वा विद्युतीय सञ्चारमाध्यमहरुले पनि सरकारी समाचारहरु वहिष्कार गर्नपर्ने, कि्रयात्मक लक्ष्य उन्मुख कार्यक्रमहरु गरि सबै मिडियामा सरकारको विरोध गर्न पर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रमका अर्का वक्ता मानवअधिकारवादी सुवोध प्याकुरेलले यसरी सञ्चारमाध्यममा आक्रमण हुनु यो एउटा मानवअधिकार माथी भएको आक्रमण हो र यो एउटा चुनौत भिएको बताउनुभयो । उहाले भन्नुभयो समाजमा सर्बै भन्दा पहिले प्रेस र नागरिक स्वतन्त्रता हो । त्यसै गरि नेपाल वार एशोशिएसनका अध्यक्ष्ा शम्भु थापाले यस विषयमा कथित आयोग बनाएर पन्छयाउन खोेजेमा ,यदि यहा कानुन र संविधान छ भने कडा भन्दा कडा ती दमनकारीरुलाई कारवाही गरिनुपर्दछ र यस आन्दोलनमा सम्पुर्ण कानुन व्यवसायीहरुले पनि ऐक्यवद्धता जनाएको बताउनुभयो । त्यसैगरि कार्यक्रमको सबै उपस्थित वक्ताहरुले सञ्चारमाध्यममा भएको दमनको विरुद्ध आफुहरु खरो किसिमले लडन्े धारणा व्यक्त गरेका छन् । सो कार्यक्रम देशभरी नै चलेको र भोली संविधानसभा भवन स्थल बाहिर दिउसो चारबजे विरोध कार्यक्र्रम गर्ने नेपाल पत्रकार महासंघका महासचिव पोषण के.सीले जानकारी दिनुभयो ।

ऋचा शर्मा तिवारी

No comments: