Monday, December 22, 2008

आक्रमणको विरोधमा महासंघद्धारा प्रदर्शन; प्रहरी हस्तक्षेपमा पत्रकार दाहाल घाइते

काठमाडौं, पुस ७ - माओवादीले हिमाल मिडियामाथि गरेको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले राजधानीमा प्रदर्शन गरेको छ । राजनीतिक दलका शीर्ष नेतादेखि नागरिक समाजका अगुवा समेत ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागी भएका छन् ।
नयाँ बानेश्वरबाट सुरु भएको पत्रकारहरूको विरोध र्‍यालीमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइराला, सहमहामन्त्री अर्जुन नरसिंह केसी, पूर्व सभामुख तारानाथ रानाभाट, नेपाल विद्यार्थी संघ अध्यक्ष प्रदीप पौडेल सहभागी थिए ।नागरिक समाजका सदस्य कृष्ण पहाडी, शम्भु थापालगायतका अगुवाहरू सहभागी भएको र्‍याली माइतीघरस्थित मण्डलातिर अगाडि बढ्दा निषेधित क्षेत्र भन्दै प्रहरीले अबरोध पुर्‍याएको थियो ।
र्‍यालीमा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्दा महासंघका सचिव रामजी दाहाल घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका दाहाललाई तत्काल उपचारार्थ अस्पतालतर्फ लगिएको छ ।

source :www.ekantipur.com

No comments: