म आज
आफनो जीवन संग
खुशीको भीख माग्दैछु
खुशी हुनका लागी
तिम्रो मायाहरु माग्दैछु ।
थाहा छ मलाई
मेरो हरपल सपनामा बाच्ने जीवन
एकांकी जीवन
मेरो एकान्तमा
तिमी विना ज्यादै दुख्ने गर्दछ ।
न मलम पाउछु
म यो पीडालाई कम गर्न ।
न कसैको साथ
यो एक्लोपनलाई अन्त्य गर्न ।
केवल तडपिएर वाच्नु छ
मायाको निम्ति
ओभाना छन् यी नयनहरु
नयन भरी आंसु साँच्नु छ ।
तिमीसगको विछोडमा
मुटुभरिको चोट सहनु छ ।
माया गर्ने एउटा
मायालु हृदय संग
हृदय जोडेर हेर्ने कसरत गर्नु छ ।
Saturday, December 27, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment