Wednesday, December 24, 2008

प्रेसमाथि आक्रमण गर्नेमाथि सरकारले कारवाही गर्ने

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले हिमाल मिडियाका साथै पत्रकारमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चरमन्त्री कृष्णबहादुर महराले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

हिमाल मिडियामाथि भएको आक्रमणका विषयमा छानविन गर्न बैठकले सूचना तथा सञ्चार मन्त्री महरालाई जिम्मा दिएको छ । आजै मन्त्री महराले नेपाल पत्रकार महासंघका पदाधिकारीसंग छलफल गर्ने तय भएको छ । महराले अब समस्या समाधान हुने र दोषीमाथि प्रशासनिक र सांगठनिक कारबाही हुने बताए ।

गृहमन्त्री वामदेव गौतमले हिमालले आक्रमण गर्नेहरुको किटानी जाहेरी दिएलगत्तै कारबाही शुरु गरिने पत्रकारहरुलाई बताए । प्रेसमाथि आक्रमण गर्नेलाई सरकारले कानुनी कारबाही गर्ने उनको भनाई थियो ।

पत्रकारहरुको जुलुसमाथि माइतीघरमा प्रहरी हस्तक्षेपमा पत्रकारहरु घाइते भएकोमा गौतमले दुःख व्यक्त गरे । उनले विरोध प्रदर्शन गर्दा स‌ंयमित बन्न पनि पत्रकारहरुलाई आग्रह गरे ।

source : http://www.janapukar.com/

No comments: