Tuesday, December 23, 2008

मिडिया माथिको आक्रमणको भर्त्सना

नेपाल कतार पत्रकार संघले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आइतबार हिमाल मिडियाको प्रकाशन गृहमा भएको आक्रमणको घोर भत्र्सना गर्दै उक्त कार्यको विरोध गरेको छ ।संघका महासचिव कुमार कार्कीद्वारा जारी सो विज्ञप्तिमा अगाडि भनिएको छ गत पौष ६ गते हिमाल मिडियाको प्रकाशन हिमाल खवर पत्रिकाका सम्पादक, सम्वाददाता, तथा कर्मचारी लगायत एक दर्जन पत्रकार माथि नेकपा माओवादीको जत्थाले गरेको आक्रमणको नेपाल कतार पत्रकार संघ घोर आपत्ति तथा निन्दा गर्दै भत्र्सना गर्दछ ।

नेपाली प्रेस माथि वाराम्वार हुदै आएको माओवादी आक्रमणको शिलशिला माओवादीहरु स्वयं सत्तासिन हुादा पनि वाराम्वार दोहोरिनुले माओवादीहरु प्रेस स्वतन्त्रताको पक्षमा छैनन् भन्ने देखाएको छ ।
हिमाल खवर पत्रिकाका पिडित पत्रकार तथा कर्मचारीहरुलाई उचित क्षतिपुर्ति दिर्दैं आगामि दिनमा प्रेस स्वतन्त्रताको ग्यारेण्टि गर्नका लागि नेपाल सरकारसाग संघ जोडदार माग गर्दछ । साथै आगामि दिनमा आˆना कार्यकर्तावाट यस्ता किसिमका घटना नदोहोरिनका लागि प्रतिवद्ध हुन र स्वतन्त्र प्रेसको सम्मान गर्न माओवादी पक्षलाई यो संघ हार्दिक आग्रह गर्दछ ।

साथै नेपाल पत्रकार महासंघका सभापति भर्मेन्द्र झा लगायतका पत्रकारहरुलाई एशियालि पत्रकारहरुको वैठकमा सहभागि हुन दोलखा जादै गर्दा वाटो विभिन्न तत्वहरुले पुर्याएको अवरोधको कडा शव्दमा निन्दा गर्दै प्रेसको सम्मान गर्न सवैमा हार्दिक आग्रह गर्दछौं ।
kumar karki
doha

source:www.nepaldubai.com

No comments: