एक फिलिपिनो कामदारको हत्या अभियोगमा कुवेती तल्लो तथा पुनरावेदन अदालतबाट फाँसी सुनाएपनि सम्बन्धित पीडित परिवारले ब्लड-मनी स्वीकार गरेको पत्र आएकाले डोल्मा शेर्पाले मृत्युदण्डको सजाय नपाउने भएकी छिन् ।
पुनरावेदन अदालतले मंगलबार गरेको निर्णयमा नेपाली चेली डोल्मा शेर्पा फाँसीमुक्त भएकी छिन्, साउदी अरेबियाको रियादस्थित नेपाली नियोगका राजदूत हमिद अन्सारीले कान्तिपुरसँग फोनमा भने- अब उनको जेल सजाय मिनाहा गर्नमा पनि पहल थालिनेछ ।
डोल्माको जीवनरक्षामा पहल गर्ने सम्पूर्ण नेपाली र सरोकारवाला संघसंस्थालाई रियाद नियोगका तर्फबाट कृतज्ञता जनाउँदै राजदूत अन्सारीले डोल्माले अब पाउने जेल सजायको अवधी पनि छिट्टै तय हुने जानकारी दिए ।
एक फिलिपिनो घरेलु कामदार सहकर्मीको हत्या गरेको अभियोग पुष्टि भएर २० महिनादेखि जेल सजाय बेहोरिरहेकी डोल्माका तर्फबाट नेपाल सरकारले १० हजार डलरको ब्लड-मनी पीडित परिवारलाई बुझाएपछि उनको मृत्युदण्डको सजाय फिर्ता भएको हो ।
डोल्माको मुद्धा हेर्नलाई रियाद नियोगले कुवेतस्थित वकिल अल तारिक अल खर्जलाई नियुक्त गरेको थियो ।
source : www.nepalarab.com
Wednesday, December 24, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment