डिसेम्बर महिनामा कतारमा कार्यरत ९ नेपालीको विभिन्न कारणले मृत्यु भएको छ भने एक नेपाली युवाले कतार आएकै भोलिपल्ट आत्महत्या गरेका छन् ।
१९ डिसेम्बरमा कतार आएका मिझिङ-७ रोल्पाका शेर बहादुर बुढाले २१ डिसेम्बरमा आफ्नै कोठामा पासो लगाई आत्महत्या गरेका छन् । ३७ बषिर्य शेर बहादुरको आत्महत्याको कारण स्पष्ट हुन सकेको छैन । कतारमा उनका कोहि पनि आफन्त नभएकोले उनको शव फिर्ता गर्नका लागि कठिनाई हुनसक्ने भएकोले नेपाली दुतावासले सो सम्बन्धि पहल गरिरहेको छ । बैदेशिक रोजगारीकै सिलसिलामा उनका एक आफन्त साउदी अरवमा रहेको थाहा भएपछि उनलाई फोन सम्पर्क गरी शव पठाउनका लागि रोल्पाबाट काठमाडौंमा आफन्त झिकाइदिन अनुरोध गरिएको नेपाली दुतावासका अधिकारी अलिमुद्दिनले जनाए ।
यसैगरी नेपाली दुतावासको अभिलेख अनुसार ६ जनाको हृदयघातबाट मृत्यु भएको छ भने एकजनाको सडक दुर्घटनामा, एक जनाको उचाईबाट खसेर, एक जनाको कार्यस्थलमा मृत्यु भएको छ । दुतावासले जनाए अनुसार हृदयघातबाट निधन भएका भोगटेनी-१ मोरङका राम कुमार मगर, हरिवन-५ सर्लाहीका नविन कुमार गोले, विरेन्द्र नगर सुर्खेतका नर बहादुर राना मगर र कार्यस्थल दुर्घटनामा मृत्यु भएका अमलेखगञ्ज बाराका श्याम कुमार कार्कीको शव यसै साता फिर्ता पठाइएको छ । गोर्खाका राम बहादुर ढकालको २१ डिसेम्बरमा सुतेको अवस्थामा निधन भएको दुतावास स्रोतले जनाएको छ । यसै महिना तनहुाका जोगी गैरेको उचाईबाट खसेर मृत्यु भएको थियो भने शान्तिपुर-८ इलामका नर बहादुर दर्जीले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । कदमाहा-४ मोरङका मोहम्मद ताजेबुल मियाको हृदयघातबाट मृत्यु भएको थियो भने संचार बहादुर बहुलुनले पनि हृदयघातबाटै ज्यान गुमाएका थिए ।
source : Kumar karki
Doha ,Qatar
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment