Saturday, December 27, 2008

FNJ NEWS

नेपाल पत्रकार महासंघले सञ्चार माध्यममा भएको आक्रमणको विरोध गर्दै आज पनि राजधानीमा सांकेतिक विरोध स्वरुप मुखमा कालो पट्टी बाधंेर एक घण्टा कलम कापी बन्द गरि विरोध कार्यक्रम गरयो।
सो कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दिक्षित ,नारायण वाग्ले , रघु जी पन्त ,नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द झा , महासचिव पोषण के.सी लगायतका विभिन्न पत्रकारहरुको सहभागीत्ाा रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व महासचिव महेन्द विष्टले प्रेस स्वतन्त्रतामा कुनै पनि मुल्यमा , वहानामा आक्रमण हुन पनेर्ेे ठाउ होइन । अहिले भएको सञ्चारमाध्यमको आक्रमणको विरोधमा आफुहरु सबैको एकयबद्धता रहेको धारणा व्यक्त गरेका छन् ।
त्यसैगरि एडिटर एलायन्सका तर्फबाट वरिष्ठ पत्रकार नारायण वाग्लेले प्रधानमन्त्रीले छानबीन गर्दछौ ,वृहत्त सामाजीक रुपान्तरण को बेला यस्तो घटना स्वभाविक हो भनेता पनि यस प्रकारको प्रेस माथी दमन गर्ने तत्व माथी कडा कारवाही गरिन पर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली काग्रेसका सभासद् गगन थापाले आफुहरुको विशवास माथी गम्भीर ठेस लागेको र १२ बंुदे सहमति देखि अहिले सम्म हामीले धेरै असमभ्fmदारी भएतापनि त्यसलाई वास्ता नगरि सहयात्रा गरेको तर यो आक्रमणहरुले पनि सहयात्रामा छलछाम गरेको हो कि भन्ने आशंका बढाएको छ ।
अब नेपाल अनेपेक्षित नचाहिने मठभेडमा जान खोजेको हो कि भन्ने डर भएको र यसको छिनोफानो नगरि सविंधानसभामा अर्को विषयमा वहस गर्नुपर्ने अरु कनै विषय नभएको जिकिर गर्दै यो आन्दोलनमा आफनो ऐक्यवद्धता रहेको धारणा व्यक्त गर्नुभयो । यो दुइवटा अपराधी थुनेर र तालाबन्दी खालेेर मात्र छिनोफनो हने विषय नभएकोले यसलाई सदनमा समेत आवाज उठाउन परे आफु पछि नहट्ने बताउनुभयो ।
त्यसैगरि वरिष्ठ पत्रकार तथा ने.क.पा एमालेका नेता रघुजी पन्तले आफनो पार्टीले पत्रकार माथी भएको आक्रमणको विरोध गरेको र अपराधीलाई सजाय दिनुपर्ने र संक्रमणकालमा प्रेसमाथी आक्रमण हुन नहुने र कलमजीवी माथी भएको आक्रमणमा ऐक्यबद्धता र निरन्तरता जनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो कार्यक्रमलाई समापन गर्दै पत्रकार महासंघका अध्यक्ष धमेन्द झाले आफुहरुको आदोलन जारी भएको र प्रेस स्वतन्त्रता र दण्डहीनता को अन्त्य नभएसम्म आफुहरु आन्दोलनमा लागीरहने र आफुहरुले यो प्रवृत्तीको विरोध गरेको हो न कि कुनै दल, व्यक्तिको विरोध गरेका तर यसो भन्दैमा विरोध र सर्मथन पनि नगरेको र सत्ता साझेदारीमा रहेका व्यक्तिहरुले आक्रमण गरेकोले आफुहरुले विरोध गरेको साथै प्रेस स्वतन्त्रताको आन्दोलन जारी रहेको र थप आन्दोलनका कार्यक्रमहरु भोली सार्वजनिक गरिने बताउनुभयो ।
ऋचा शर्मा तिवारी
अभिव्यञ्जना
नेपाल

No comments: