नेपाल पत्रकार महासंघले हालै सञ्चारमाध्यमा भएको दमनको विरोध विरोध गर्दै आज पनि संविधानसभा भवन अगाडि एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरयो ।
सो कार्यक्रममा महासंघले सबैपार्टीका सभासद्हरुलाई हालै सञ्चारमाध्यमहरुमा भएको आक्रमणको विरोध गर्दै दोषी माथी कडा कारवाही गरिनुपर्ने,प्रेस स्वतन्त्रताको समर्थनमा सभांसदहरु को पनि भुमिका हुनुपर्नेर् ,प्रेस स्वतन्त्रताको बहाली गर्नुपर्ने विषयलाई समेटेर आफनो ज्ञापनपत्र समेत बुभ्ाएको छ ।
त्यसै गरि महासंघले उठाउर्दै अाएको प्रेस स्वतन्त्रताको बहाली गर्नुपर्ने ,दण्डहिनताको अन्त्य गर्नुपर्ने ,दोषी माथी कारवाही गर्नुपर्ने जस्ता विभिन्न मागहरु पनि पुरा हुन पर्ने कुरामा जोड दिएको छ ।
सोहि क्ममा सबै पार्टीका सभासद्हरुले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको बहाली हुनपर्ने र साथै हाल विभिन्न मिडियामा भइरहेको आक्रमणको निन्दा गर्दै सत्ताधारी पार्टीहरुले यस सम्बन्धी आफना धारणाहरु स्पष्ट रुपमा अघि ल्याउनुपर्ने कुरामा जोड दिएकाछन् ।
कार्यक्रममा सभासद्हरु शोभाकर पराजुली , पोष्ट बहादुर बोगटी , गगन थापा, ब्ाहादुर खड्का , रविन्द अधिकारी , हृदयेश त्रिपाठी , निलाम्बर आर्चाय , डि.पी यादव आदि लगायतका सभासद्हरुले आफनो धारणा प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमलाई आफनो माग पुरा नभएसम्म यथावत् राख्ने भएको छ ।
Reecha Sharma Tiwari
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment