सरकारसँगको वार्ता तत्काल टुङ्गोमा पुग्ननसकेपछि नेपाल पत्रकार महासंघले वार्ता र आन्दोलनलाई एकै साथ लैजाने निर्णय गरेको छ । पुस १० गते बिहान सूचना तथा सञ्चार मन्त्रालयमा भएको महासंघ र सरकारबीचको वार्तामा सरकारले गृहकार्यका लागि थप समय मागेकाले महासंघले यस्तो निर्णय गरेको महासंघका केन्द्रीय सदस्य तथा वार्ताटोली सदस्य उजिर मगरले जानकारी दिए । मगरले भने, ' सरकारले प्रतिबद्धता जनाएर मात्रै पुग्दैन । अपराधीलाई समातेर देखाउनु पर्छ । ' महासंघले वार्तामा सरकारसँग हिमाल मिडियामा आक्रमण गर्ने र बीरगञ्जको अंकुस दैनिक जलाउनेलाई पक्राउ गरेर कारबाही गर्न सरकारसंग माग गरेको थियो ।
महासंघसँगको वार्तामा सरकारको प्रतिनिधित्व गरेका सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले विभिन्न मिडियामाथि भएका आक्रमणलाइ सरकारले गम्भीर रुपमा लिएको बताउँदै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको मगरले जानकारी दिए । मगरले अबको वार्ता दुवै घटनामा संलग्नलाई सरकारले पक्राउगरी कारबाही गरेपछि मात्र हुने पनि उल्लेख गरे ।
source : www.himalkhabar.com
Friday, December 26, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment