Monday, December 22, 2008

स्वतन्त्र प्रेस माथिको आक्रमण प्रति महासंघद्वारा घोर आपत्ति

लामो समयदेखि नियमित रुपमा प्रकाशित भई पाठक वर्ग समक्ष आफ्नो अग्रणी स्थान कायम राख्न सफल भई आएको हिमाल मिडियाद्वारा प्रकाशित "हिमाल खवर पत्रिका" का पत्रकार एवं कर्मचारीहरु माथि गत आइतबार आक्रमण गर्नुका साथै पत्रिकाको कार्यालयमा तोडफोड गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ घोर आपत्ति सहित दुःख प्रकट गर्दछ ।
यस प्रकारको आक्रमण एवं हस्तक्षेपबाट सम्पूर्ण प्रेस स्वतन्त्रता माथि आक्रमण भएको ठहर गर्दै महासंघ त्यसको निन्दा गर्नुका साथै घटनाको तथ्यसत्य छानविन गरि दोषी माथि कडा कारवाहीका साथै नोक्सानीको क्षतिपूति हुन समेत महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

No comments: