Wednesday, December 31, 2008

आक्रमणमा चौथो दिन स्थिति तनावपूर्ण

डिसेम्बर ३०, इजरायल
इजरायल र गाजा बीचको आक्रमणको आज चौथो दिन दुवै तर्फबाट रकेटबम तथा हवाइ आक्रमण जारी छ । इजरायलले गाजाको महत्वपूर्ण भवनहरू, स्लामिक कलेजहरू र हमास बस्ने गरेका सुरक्षित स्थानहरूलाइ निशाना गर्दै हवाइ आक्रमण गरेको छ भने गाजा तर्फबाट केहि लामा दुरीका क्षेप्यास्त्र प्रयोग गरिएको छ । उक्त क्षेप्यास्त्र इजरायलको किरात मलाखी तथा दक्षिणको बेरसेवा सम्म करीव ४२ कि.मीको दुरीमा खसालिएको छ । गाजापट्टीबाट रकेटबम आक्रमणलाइ नरोकेसम्म इजरायलले आफ्नो सैनिक कारवाही जारी राख्ने इजरायली सैनिक अधिकारीले जनाएका छन् । साथै इजरायली सैनिक अधिकारीका अनुसार यो आक्रमण गाजा बिरूद्धको शुरूवात मात्र हो भनेका छन् । करीव एक हप्ता हवाइ आक्रमण गरेपछि स्थल कारवाही अगाडि बढाउने समेत जनाएका छन् ।

इजरायलमा भएको यस घटनाको चौतर्फी विरोध भैरहेको र इजरायलमा कामदार पठाउने देशहरूबाट आफ्ना कामदारहरूलाइ सुरक्षित रहन समेत आग्रह गरेका छन् । यसै क्रममा थाइ राजदुताबासले थाइ कामदारहरूलाइ कुनै पनि समयमा इजरायल छोड्न पर्ने अवस्था सिर्जना भएमा सो का लागि तयार रहन आग्रह गरेको छ ।

तर गाजापट्टीको नजीक काम गर्ने नेपाली तथा अरू विदेशी कामदारहरूको स्थितिको बारेमा कुनै पनि सरकारहरूले चासो नदेखाएको उक्त क्षेत्रमा काम गरिरहेका कामदारहरूको गुनासो छ । इजरायलले गाजाको नजीकै करीव २ कि.मी देखि करीव २० कि.मी सम्मका क्षेत्रलाइ असुरक्षित क्षेत्र घोषणा गरेको भएता पनि उक्त क्षेत्रमा हालसम्म विदेशी कामदारहरूले काम गरिरहेको पाइएको छ ।

नेपाली कामदारहरू पनि उक्त क्षेत्रमा काम गरिरहेको तर नेपाल सरकार तथा नेपाली दुतावासले अहिले सम्म कुनै जानकारी नपाएको वा कुनै सुचना नदिएको बुझिन आएको छ


Hari Manandhar
Isreal

Tuesday, December 30, 2008

श्रीमानको आसामयीक निधन पछी कुवेतमा २ महिनको छोरी पत्त्नीको बिचिल्ली

१० बर्ष पहिले रोजगरिका लागि कुवैत् पुगेका ईलाम बन्जोनो ९ का श्री गौतम लावाती को यही २५ डिसेम्बर का दिन अचानक मृत्‍यु भयको छ । आफनो डिउटी गरिराखेको बेलामा अचानक चक्कर आयर बिहोस् भयकोले अस्पातल मा लगेको र अस्पतालमै उनीलाई मिर्त घोषणा गरेको कुरा उन्की धर्म पत्नी र साथी भाई ले जानकारी गरायका छन । श्री गौतम लावातिले २ बर्ष पहिला श्रीमती अंमाई मेर्बा लावाती सँग विवाहित बन्धनमा बादियर कुवैतमा बसोबास गर्दै आयको र २ महिना पहिला एउटा नबजात सिसु को जन्म भयको कुरा शाहपाटी र स्वयम अंमाई बताउछिन ।गौतमको पर्थिब शरीर अस्पातलमा भयको र श्रीमती र बच्चा सँग लगायको कपडा भन्दाअरु केही नहुनुको साथै खाना पिना को व्यव्स्था सोही बिल्डिङ मा बसोबास गर्ने नेपाली दाजु भाई ले मिलायको कुरा जानकारी हुन आएको छ । यो नेपाली चेलीको आमा छोरी र स्व्रागिय गौतम को पार्थीब शरीर लाई नेपाल पठाउनको लागि माउन्ट एभरेष्ट क्लब को साथीहरु अगाडि आएर यो समस्याको समाधान गर्ने जम्मर्को गर्नु भयको छ । यो चेलीहरुको उद्दार को लागि आर्थिक सहयोग गर्न सम्पुण नेपाली दाजुभाइ दिदी बहिनिहरुलाई आग्रह गर्दै प्रबास मा नेपाली चेलीबेटिको मद्घतको लागि भनी खोलियका बिभिन्न सँग सँस्थालाई अगाडि आयर आफुसक्दो मद्द्त गर्न बिनम्र अनुरोध गर्नु भयको छ । आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरु यो चेली को मद्घत गर्नु हामीसबै नेपालीको कर्तब्य हो । नेपाली को नाताले मानबियताको नाताले यो चेलीको लागि मद्घत गर्नुहोस् मद्घत को लागि यो नम्बर मा संपर्क गर्नुहोस् ००९६५-९९२००२७८,९४०६९७३४,९९१०१४०८,६६९८३१३८, माउन्ट एभरेष्ट क्लब सँग संपर्क गर्नु हुन अनुरोध गर्दछौ .
शिव राम पौडेलका साथ सुजन के सि कुवेट सिटी

Monday, December 29, 2008

अनुरित्त प्रश्न

उनलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहा देखे राम्री लाग्यो ,हाासे ,औपचारिकता निभाए मैले । राजेशको कोठामा गए ,गफ गरे ,तर जति गफ गरे ,आफैले विर्से ,उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो, उसको अफिसबाट घर तिर लागे ,मन नलागीकन ,उनको लिएर ।रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो ,किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए । तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढयो, अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुा कसो गरु को अवस्थामा थिए म ,एक कप चिया बनाए , भ्fmयाल् निर बसेर बाहिर हेर्दै चिया पिउदैरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो , विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहाा जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा त आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झयालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसाग फर्केर आइन ,मेरो घर तिर हेर्दै गइन् । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे ,सायद साथीसाग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाासेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसाग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एककिसिमको चिसो भयो मन । उनलाई देखेर मन हाास्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन ,म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेररिहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी ।उसले मलाई देखि ,हाासी । म मनमनै गद्गद भए ।अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर्‍यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्‍यो ,मैले मौन रुपमा हो भने ,सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है ?उसले केहि भन्न सकेन ,मौन भयो ।उसले सोध्यो किन के कारण हो जागीर खाने भन न ?मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन ,लक्ष्य बनिन उनी ,प्राप्ती का लागी ।राजेशले मेरो करा काटन् सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो ,म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा ,धेरै राम्री देखिएकी थिइन उनी ।उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए ,नजिकै थिइन उनी ,लजाइन । गाजली ती आाखाहरु म्ाानौ मलाई हेर्न नै व्यस्त थिए , म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।आज तिम्रो परिचय एकजना साग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न ?उसले हेर्न भेटे पछि आफै थाहा पाउछास । उ मनमनै सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए ,भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसाग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु ।राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।म के बोल्ने भनेर सोच्न थाले , तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे ,उनले पनि कति विचाहरुमा सहमती जनाइन ,ज्यादै शिष्ट थिइन ,म मनमनै धेरै हषर्ीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएका े? मैले अह Û भने । म लिन्न , सायद आभाले थाहा पाई । म उसाग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागी , नजिक रहनका लागी ,अपनत्वका लागी । हामी धेरै बेर बातचीत गरिरहयौ यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो ,थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजीदिनहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले ,होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही ,राजेशको कुरा सनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।पर्सीपल्ट अफिसमा गए ,उनी आएको थिइन ,मन लागेन अफिसमा बस्न ,छटपटि भयो उनलाई हेर्न मन लाग्यो ।ढिलो आइन उनी अफिस ,मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने ।उनी झस्कीन ,पछाडि म थिए उनले थाहा पाइनन् विस्तारै पछाडि हटिन् म निर ठोकिइन् ,झंसग भइन । आखाा हेर्न पनि सकिनन् उनले ,मैले सोधे यस्तो माया लाग्छ मेरो ,उनी लाजले भागीन् । केहि बोलिन म अफिसबाट उठेर हिडे ,रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन ।भोलिपल्ट सर हिजो कहाा भागेको भनेर जिस्कीयो ,मैल्ेा होइन अलि सञ्चो भएन भने ,उसले केहि बोलेन । दिनभर काम गरे ,साझा अफिसबाट हिडन् लागेको थिए आभाले सर म पनि जान्ो नि भनि , मैले ल आउ न त भने ।हामी बाटोमा गफ गर्दै गयौ ।थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।घर आयो ,विछोडको समय आयो ,मन नरमाइलो लाग्यो ,उनले सर म गए ल भनी ,मैले केहि बोल्न सकिन ,निश्ब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए ,उनी मेरो कोठामा आइन ,ल कहाा जान लागेको तपााइ म तपााईलाई भेटन् आएको भन्दै आई । म ए आउ न त भने ,हामी बस्यौ गफ गर्न लाग्यौ ।समय वितेको थाहा भएन ,रात परेछ ,म उसको घर सम्म छोडन गए ,भोली भेटने वाचाका साथ ।भ्ाोलीपल्ट उनी अफिस आइनन् ,मन नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर ,उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाादा उनी छक्क परि । सर याहा ?तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो ?होइन केहि होइन ?मन लागेन अनि त्यसैले भनी उनी उठिन ,सर बस्नुहोस् न ठिकै छ भनेर उ उठयो । केहि भए मलाई भन न त भनेर मैले भने ,खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विहा गर्नुहोस् न । म स्तब्ध भए , म खबर गर्छुनी भनेर उ उठयो त्याहाबाट र गयो ,जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रोएर । मौनता छायो त्यसबेला ,तर उसले चाहेको जस्तो भयो त्यसबेला । उ मख्ख भयो । भोलिपल्ट अफिस गएर काम गर्दा प्रशन्न थियो ,राजेशले किन यस्तो हर्ष नि भन्यो ,उसले मैले विहा गर्न लागे भनेर आभाले सुन्ने गरि भन्यो । हो र को हो त्यो भाग्यमानी ह ?उसले उत्तर मा भन्यो छे एउटी परी मेरो सपनाको ,जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो ,मैले पार्टी नदिइ भएन ,अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विहा गर्ने प्रस्ताव राखे ,उनी छक्क परिन् र सहमत भइन । हामी सबै प्रशन्न्ा थियौ ।त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन ,किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन ,कहाा गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन ,डर लाग्यो कहाा गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलीपल्ट अफिसमा आयो राजेश । हिजो काहा गएको त भनेर सोधे ? ए एक्लो भए भनेर हिडेको ।कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् ?त अब विहा गर्ने मान्छे साग के हिडने भनेर नि ।उसले केहि कुरा लुकाएको थियो भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन ?उसले राजेशलाई भन्यो त पनि विहा गर न है ?राजेशले को साग ? भन्यो । मैले आभासाग भने । उ झसाग भयो कहाा म विहा गर्ने तैले मनपराएको केटि ।मैले तेरो निम्ति यति गर्न सक्दिन न त ,तैलेे मेरो लागी यति गरिस् मलाई पनि केहि गर्न दे न अब है?मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्म्ाा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले ? प्रश्न अनुरित्त नै रहयो ,मौनता छायो ।

ऋचा शर्मा 'अभिब्यञ्जना'

पत्रकारहरुको माग पूरा गर्न सरकार सहमत,आन्दोलन फिर्ता

काठमाडौं- सरकार र आन्दोलनरत पत्रकार महासंघबीच आज भएको वार्ता सहमतिमा पुगेको छ ।

सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री कृष्णबहादुर महराको टोली र पत्रकार महासंघको वार्ता टोलीबीच भएको वार्तामा सञ्चारकर्मी तथा सञ्चारगृहरुमा पूर्ण सुरक्षाको प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनसमक्ष जानकारी दिने, सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टी दिने, सञ्चारकर्मी तथा सञ्चारगृहरुमा भएका आक्रमणका दोषीहरुलाई कारवाही गरि पीडितलाई क्षतिपूर्ति दिने लगायतका बिषयमा सरकार सहमतिमा पुगेको हो ।

महासंघले अगाडि सारेका माग पूरा गर्न सरकार सकारात्मक देखिएपछि महासंघले घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने जनाएको छ ।

source: www.janapukar.com

Sunday, December 28, 2008

नयाँ संविधान निर्माणमा गैह्र-आवासिय नेपालीहरुले पनि सुझाव पठाउन सक्ने

नेपाल न्यूज डटकममा प्रकाशित समाचारमा गैह्र-आवासिय नेपालीहरुले अब नयाँ संविधान निर्माणको लागि आफ्नो सुझाव पठाउन सक्ने भएको व्यहोरा उल्लेख गरिएको छ ।
उक्त समाचार अनुसार संविधान सभाको संविधान निर्माण समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय आईतवार गरेको थियो । उपरोक्त निर्णयानुसार ईच्छुक गैह्र आवासिय नेपालीहरुवाट प्राप्त सुझाव संकलन गर्नको लागि विभिन्न देशमा अवस्थित नेपाली नियोग तथा नेपाली दूतावासलाई जिम्मेवारी दिईएको छ । उक्त समितिले फाल्गुण १४ गतेसम्म प्राप्त भएका सुझावहरुलाई मात्र समावेश गर्ने व्यहोरा समेत उल्लेख गरेको छ ।
यसै संदर्भमा माउण्ट एभरेष्ट स्पोर्टिंग क्लव काठमाडौं कुवैत् ले पनि आफ्नो संयोजकत्वमा कुवेतमा बसोवास गर्ने सम्पूर्ण ईच्छुक महानुभावहरुको सुझाव र सल्लाह एकैसाथ संकलन गरि पठाउने अभिप्रायले सुझाव संकलन कार्य शुरु गरेको हुँदा यस क्लवको ईमेल वा वेबसाईट मार्फत आफ्नो अमूल्य सुझाव यही आगामी फाल्गुण १२ गते भित्र पठाई संविधान निर्माण कार्यमा सहभागी भईदिनुहुन यस क्लव हार्दिक अनुरोध गर्दछ । साथै ईच्छुक महानुभावहरुले आफ्नो सुझाब सिधै नेपाली दूतावास रियादमा संपर्क गरि पठाउन सक्नुहुने व्यहोरा समेत जानकारी गराउंदछौं ।

धन्यवाद ।

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवैत्
www.kuwaitnepal.wordpress.com

के होला त वलात्कारमा परेकी चेलीबाट जन्मेकी बालिकाको भविष्य

सुजन के.सी., कुवेत

स्वर्णिम सपना, र केही गर्छु भन्ने चाहना बोकेर बिदेश पसेकी एक नेपाली चेलीको पीडायुक्त सत्यघटना हो यो , चितवन निवासी सुश्री सिता सापकोटाको । अहिले एक अन्जान नौ वर्ष कि फुल जस्ती छोरी छिन ।

दश वर्ष पहिले भारतको बाटो हुँदै कुवेत पुगेकी सिता सापकोटाको अनुसार उनी एक कुवेतीको घरमा काम गर्न पुग्छिन् । तर त्यो घरमा उनीसँग कुकृत्य हुन पुग्छ । उनको मालिकले उनलाई बलात्कर गरी त्यही घरमा नजर बन्ध गरी राख्छ । त्यस बलात्कर पछी उनी एउटी अबोध बालिकाको आमा बन्न पुग्छिन । बच्चा जन्मिएको तीन महिना पछी एकजना भारतीय नागरिकको सहयोगबाट त्यहाँबाट भागेर सहयोग पाउने हेतुले भारतीय दुताबासमा पुग्छिन ।तर त्यहाँबाट पनि कुनै मद्धत नहुने भएपछी उनी एक नेपाली समाजसेबिसँग गएर कुवेतको अदालतमा उजुरी गर्छिन । नौ बर्ष भयो आज सम्म पनि केस अदालतमै, लामो स्वास तान्दै वताइन, उनले । उनी एउटी अन्जान नारी भएको कारणले गर्दा न्याय नपाएको र नेपाली दुताबासले पनि कुनै किसिमको सहयोग नगरेको गुनासो पोख्छिन ।उनको भनाइ अनुसार विना कसैको सहयोग आफु एक्लै मुद्धा लडिरहेकी छिन् ।
हालै कुवेटत सरकारले गैरकानुनी तरिकाले बसोबास गरेका बिदेशी नागरिकहरुलाई घर फर्किने अवसर दिएको छ यतिवेला सिता पनि आफ्नो छोरी अर्बिधालाई साथमा लिएर नेपाल जान चाहन्छिन । कुवेतको अदालतको अनुसार छोरीलाई लिएर नेपाल जान नसक्दी रहिछन । भने अर्कोतर्फ एक्ली छोरीलाई छाडेर जान चाहदिनन् उनी ।

उनी नेपाल गएर फर्केर आउने तयारीमा छिन् तर नेपाली दुताबास साउदीको एक जना अधिकारिको भनाइ अनुसार अरब देशमा गैरकानुनी रुपले बसेको विदेशी नागरिक एकपटक घर फर्के पछि पुनः फर्किन नपाउँने हुदा उनी छक्क पर्छिन । यदि सिता नेपाल गएर र्फकन पाइनन् भने यो उदाउँन लागेको ९ वर्षको छोरीको के होला -सिता भन्छिन् - म छोरी लिएर नेपाल जान मिलेपनि कहाँ जाउ ? म एउटी अविवाहित नारीले नौ बर्षको छोरी लिएर जाँदा छरछिमेकीले के भन्लान ? अनी छोडेर जानु त कहाँ, को सँग ?म माथि अत्याचार भएको छ, मैले मेरो हक अधिकार पाउनु पर्छ भन्दै कुवेतको बाटोमा घुमी राखेकी छिन ।

कुवेतमा स्थापना भएका संघसंस्थाहरुको दायित्व छैन र यि चेलीको उद्धार तथा सहयोगको लागि ? नेपाली चेलीहरुको लागि भनि खोलएका सयौं संघसंस्थाले यिनलाई सहयोग गर्न नचाहेकै हुन त ? के यी नेपाली चेलीले आपनो अधिकार पाउलिन त ? के होला त यिनीहरुको भविष्य ?

source : www.nepalisreal.net

कुवेतमा नेपाली नारीहरुलाइ पशुको भाउ खरिद र बिक्री गरिदो रहेछ

हाम्रो देशका नारीहरुको पनि बिदेश जानी लहर निकै बढेको तथ्यांकहरुले देखाएकोछ अझ भनौं समस्याहरुले प्रष्टयाएको छ । चाहे उ शिक्षित होस् या सामान्य साक्षर । बिदेश गएर केही पैसा कमाएर स्वदेश फर्केर खुशी जिबन बिताउने सुनौलो सपना बोकेर खाडी मुलुक कुवेत नगरिमा पुगेका छ्न, धेरै त । नेपालबाट दलाल, मेनपावरसँग ठगिदै भारतको बाटो हुँदै, आफनो मातृभूमी घरपरिबार सबैलाई छोडेर खाडी मुलुक पुग्छन। त्यहाँ पुग्ना साथ दलालकोमा भेडा बाख्रा जस्तै थुनिन पुग्छ्न ।
धेरै नेपाली कामदारलाई कुवैति मालिक र त्यहाँकै लोकल मेनपावरको मान्छेले कुटपिट गरेको, कामगरेबपत तलब पनि नदिएको धेरैको गुनासो छ । म लगायत नेपाली दुताबासबाट आउनुभएको एकजना अधिकारी तथा प्रवासी नेपालीहरुको डोकुमेन्ट्री फिल्म बनाउन आएका अमेरिकि नागरिक तथा माउन्टएभरेष्ट क्लबका साथीहरु कुवेतको मेनपावरमा पुगेका थियौं । त्यो १२ तलको घरमा १५० भन्दा धेरै हाउसमेटको काम गर्ने मेनपावर रहेछ ।
त्यो मेनपावरमा यस्तो किसिमको माहौल थियो कि हामी त्यसको बारेमा सोच्न त के कल्पना पनि गर्न सक्दैनौ । त्यहाँ त एउटा नारीले अर्को नारीलाई भेडावाख्रा सरह खरिद र बिक्री गर्दा रहिछ्न । अब्राहम लिङनले अमेरिकाबाट मानव दासताको अन्त्य गरेको निकै लामो समय भएपनि खाडी मुलकुमा यी यावत रितमिाथि टेवा दिने काम अझै बाँकी रहेछ नै ।

हेर्दा हेर्दै २५ देखी ३० जना महिलालाई अघी पछी पाले बसेर मेनपावरको भित्रपटि लाइनसँग उभिएको देख्दा मलाई कता कता दसैंको बेलामा तिब्बतबाट खशी र भेडा भित्रिएको याद आउँछ । एकैछिनमा एक कुवेट साउसाउनी आए सबैलाई हेरेपछी एकजनालाई मन पराउछन् । ती महिलालाई आफ्नो घरमा कामगर्न लगेबापत मेनापावरलाई ३५० कुवेती रुपैयाँ (डिनार) दिनुपर्दो रहेछ करिव नेपाली रुपैयाँ ९५,०००।
धेरैबेरसम्म कसाहीले पशु बेचेजस्तै गरी मोलतोल भयो । ती विचरी नारीको जिन्दगी त पशुको भन्दा पनि लाचार रहेछ भन्ने मलाई लाग्यो ।अनी कुवेती साउसाउनीले घरमा काम गराउन लिएर जान्छन त्यतिमात्रै कहाँ हो र त्यसै बिच हामीले अर्को महिला को दुर्दशा देख्यौं। ति महिलालाई मेनपावरको मान्छे र कुवेती साउसाउनिले कुटपिट गरिराखेका थिए । महिला चिच्चाईचिच्याई रोइरहेकी थिइन । यो देखेर हामीले पनि बुझन कोशीस गर्‍यौं । ति महिला पनि यसरी नै बेचियर एक कुवेती परिवारमा पुगेकि रहिछ्न । कुवेतिको घरबाट २ महिना अघि भागेर उनलाई कुवेतीको घरमा पठाउँने म्यानपारमा समस्या लिएर आएकी रहिछिन । ति महिलाले रुदै भनिन - बिहान उज्यालो भएदेखि रातिको २,३ बजेसम्म कामगर्नु पर्ने, जती काम गरे पनि गाली गर्ने, जतिबेला पनि खाना नमिठो भयो भन्ने, आफुले खाएको जुठो खाना दिने, दिनरात काम गरी एक्छिन सुतौ भने पनि पाहिदैन किनकि ........... उनी त्यहाँ केही भन्न चाहन्छिन । बिचरा कसरी भनून यो भन्नको लागि उनीसँग शब्द छैन । धेरै समय लिएर आफनो सिर निउराउँदै रुदै भनिन, "त्यो घरमा साउको बिस्तारा पनि बन्नु पर्छ "।

सन्योगबस यो मेनपावरकि दलाल पनि नेपाली महिला नै रहिछन । त्यसैवीच ति नेपालबाट आएका अमेरिकिन नागरिकले दाँयाकोखाको अफिस मा १६,१७ बर्ष कि नेपाली केटी रुदै गरेको देखेर उनीसँग सोधे - के भयो ? उनी रुदै भन्छिन- म संग नेपालबाट आएकी साथीलाई फोन गरेको साउनिले भेटायो अनी मलाई कुटपिट गरी अफिसमा फिर्ता गर्न लिएर आयो ।
यो सुन्दा ति अमेरिकि त छक्क पर्छ्न अनी सोध्छ्न - के यहाँ फोनमा कुरा गर्न पनि पाहिदैन् ? यहाँ कानुन/पुलिश छैन ? त्यसको प्रतिउत्तर लामो समयदेखि कुवेतमा काम गर्नुहुने साथीले दिनुभयो - यहाँ घरमा काम गर्ने महिलाको लागि कानुन/पुलिश त के मानबियता पनि छैन । यो देख्दा मेरो आँखाबाट आँशु खस्यो, मुटु छियाछिया भयो मैले ति साउदीबाट आउनुभएको अधिकारी तर्फ हेरे ....... ती अधिकारी भन्नु हुन्छ "हामी जहाँ जान्छु यस्तै बियोग देख्छौ हामीले भनेको सरकारले सुन्दैन" के गर्नु । हामी सँगै जानु भएका माउन्टएवेर्सट् क्लवका साथी भन्नु हुन्छ - नारीहरुलाई बिदेश जान रोक लगाउँनु पर्दछ, बरु साग र सिस्नु खानु , फाटेको टालेको लगाउनु तर बिदेश नजानु, हामी सबै मनिलो मुख बनाएर एक अर्कोलाई हेर्दै त्यताबाट बाहिर निस्क्यौं ।

यी सब हुँदाहुँदै पनि हजारौं नेपाली विदेसिन बाध्य भएका छन् । दिनरात बलात्कृत भएका छन, काम गरेबापत पारिश्रमिक पनि पाउँदैनन् । कुवेतमा यस्ता पिडा खेपिरहेका र नेपाल फर्कन चाहने ५ सय महिलाहरुलाई नेपाली दुतावास साउदीले ट्रयावल डकुमेन्ट प्रदान गरेको छ । धन्यवाद, नेपाली दुतावास साउदी अरेविया ।
अव त देश परिवर्तनको संघारमा छ, देशले एउटा नयाँ शक्ति पाएको छ, यस अवधिमा यो नयाँ सरकारले खाडीमा रोजगारी गर्ने आम नेपालीहरुको पक्षमा वकालत गर्नेछ, वैदेशिक रोजगारका खातिर विदेसिने आम नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमाथि वैदेशिक रोजगारका नीतिनियमहरु तर्जुमा हुनेछन् । वैदेशक रोजगारमा जाने महिलाहरुको लागि गाँस वास तथा सुरक्षाको ग्यारेन्टी यो सरकारले पहल गर्नेछ । सम्बन्धित देश, एजेन्ट वा म्यानपावरहरुलाई सहज बनाउँने र एउटा नीतिनियमभित्र बाँधेर रोजगारीका अवसरहरुलाई प्रोत्साहान गर्ने ठूलो दायित्व यो सरकारको काँधमा छ ।

Sujan k.c
suajna912@yahoo.com
Kuwait

Saturday, December 27, 2008

कतारमा डिसेम्बरमा १० जनाको मृत्यु, एक युवकले आएको भोलिपल्ट नै आत्महत्या

डिसेम्बर महिनामा कतारमा कार्यरत ९ नेपालीको विभिन्न कारणले मृत्यु भएको छ भने एक नेपाली युवाले कतार आएकै भोलिपल्ट आत्महत्या गरेका छन् ।
१९ डिसेम्बरमा कतार आएका मिझिङ-७ रोल्पाका शेर बहादुर बुढाले २१ डिसेम्बरमा आफ्नै कोठामा पासो लगाई आत्महत्या गरेका छन् । ३७ बषिर्य शेर बहादुरको आत्महत्याको कारण स्पष्ट हुन सकेको छैन । कतारमा उनका कोहि पनि आफन्त नभएकोले उनको शव फिर्ता गर्नका लागि कठिनाई हुनसक्ने भएकोले नेपाली दुतावासले सो सम्बन्धि पहल गरिरहेको छ । बैदेशिक रोजगारीकै सिलसिलामा उनका एक आफन्त साउदी अरवमा रहेको थाहा भएपछि उनलाई फोन सम्पर्क गरी शव पठाउनका लागि रोल्पाबाट काठमाडौंमा आफन्त झिकाइदिन अनुरोध गरिएको नेपाली दुतावासका अधिकारी अलिमुद्दिनले जनाए ।
यसैगरी नेपाली दुतावासको अभिलेख अनुसार ६ जनाको हृदयघातबाट मृत्यु भएको छ भने एकजनाको सडक दुर्घटनामा, एक जनाको उचाईबाट खसेर, एक जनाको कार्यस्थलमा मृत्यु भएको छ । दुतावासले जनाए अनुसार हृदयघातबाट निधन भएका भोगटेनी-१ मोरङका राम कुमार मगर, हरिवन-५ सर्लाहीका नविन कुमार गोले, विरेन्द्र नगर सुर्खेतका नर बहादुर राना मगर र कार्यस्थल दुर्घटनामा मृत्यु भएका अमलेखगञ्ज बाराका श्याम कुमार कार्कीको शव यसै साता फिर्ता पठाइएको छ । गोर्खाका राम बहादुर ढकालको २१ डिसेम्बरमा सुतेको अवस्थामा निधन भएको दुतावास स्रोतले जनाएको छ । यसै महिना तनहुाका जोगी गैरेको उचाईबाट खसेर मृत्यु भएको थियो भने शान्तिपुर-८ इलामका नर बहादुर दर्जीले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । कदमाहा-४ मोरङका मोहम्मद ताजेबुल मियाको हृदयघातबाट मृत्यु भएको थियो भने संचार बहादुर बहुलुनले पनि हृदयघातबाटै ज्यान गुमाएका थिए ।

source : Kumar karki
Doha ,Qatar

FNJ NEWS

नेपाल पत्रकार महासंघले सञ्चार माध्यममा भएको आक्रमणको विरोध गर्दै आज पनि राजधानीमा सांकेतिक विरोध स्वरुप मुखमा कालो पट्टी बाधंेर एक घण्टा कलम कापी बन्द गरि विरोध कार्यक्रम गरयो।
सो कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दिक्षित ,नारायण वाग्ले , रघु जी पन्त ,नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द झा , महासचिव पोषण के.सी लगायतका विभिन्न पत्रकारहरुको सहभागीत्ाा रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व महासचिव महेन्द विष्टले प्रेस स्वतन्त्रतामा कुनै पनि मुल्यमा , वहानामा आक्रमण हुन पनेर्ेे ठाउ होइन । अहिले भएको सञ्चारमाध्यमको आक्रमणको विरोधमा आफुहरु सबैको एकयबद्धता रहेको धारणा व्यक्त गरेका छन् ।
त्यसैगरि एडिटर एलायन्सका तर्फबाट वरिष्ठ पत्रकार नारायण वाग्लेले प्रधानमन्त्रीले छानबीन गर्दछौ ,वृहत्त सामाजीक रुपान्तरण को बेला यस्तो घटना स्वभाविक हो भनेता पनि यस प्रकारको प्रेस माथी दमन गर्ने तत्व माथी कडा कारवाही गरिन पर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली काग्रेसका सभासद् गगन थापाले आफुहरुको विशवास माथी गम्भीर ठेस लागेको र १२ बंुदे सहमति देखि अहिले सम्म हामीले धेरै असमभ्fmदारी भएतापनि त्यसलाई वास्ता नगरि सहयात्रा गरेको तर यो आक्रमणहरुले पनि सहयात्रामा छलछाम गरेको हो कि भन्ने आशंका बढाएको छ ।
अब नेपाल अनेपेक्षित नचाहिने मठभेडमा जान खोजेको हो कि भन्ने डर भएको र यसको छिनोफानो नगरि सविंधानसभामा अर्को विषयमा वहस गर्नुपर्ने अरु कनै विषय नभएको जिकिर गर्दै यो आन्दोलनमा आफनो ऐक्यवद्धता रहेको धारणा व्यक्त गर्नुभयो । यो दुइवटा अपराधी थुनेर र तालाबन्दी खालेेर मात्र छिनोफनो हने विषय नभएकोले यसलाई सदनमा समेत आवाज उठाउन परे आफु पछि नहट्ने बताउनुभयो ।
त्यसैगरि वरिष्ठ पत्रकार तथा ने.क.पा एमालेका नेता रघुजी पन्तले आफनो पार्टीले पत्रकार माथी भएको आक्रमणको विरोध गरेको र अपराधीलाई सजाय दिनुपर्ने र संक्रमणकालमा प्रेसमाथी आक्रमण हुन नहुने र कलमजीवी माथी भएको आक्रमणमा ऐक्यबद्धता र निरन्तरता जनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो कार्यक्रमलाई समापन गर्दै पत्रकार महासंघका अध्यक्ष धमेन्द झाले आफुहरुको आदोलन जारी भएको र प्रेस स्वतन्त्रता र दण्डहीनता को अन्त्य नभएसम्म आफुहरु आन्दोलनमा लागीरहने र आफुहरुले यो प्रवृत्तीको विरोध गरेको हो न कि कुनै दल, व्यक्तिको विरोध गरेका तर यसो भन्दैमा विरोध र सर्मथन पनि नगरेको र सत्ता साझेदारीमा रहेका व्यक्तिहरुले आक्रमण गरेकोले आफुहरुले विरोध गरेको साथै प्रेस स्वतन्त्रताको आन्दोलन जारी रहेको र थप आन्दोलनका कार्यक्रमहरु भोली सार्वजनिक गरिने बताउनुभयो ।
ऋचा शर्मा तिवारी
अभिव्यञ्जना
नेपाल

भावना

म आज
आफनो जीवन संग
खुशीको भीख माग्दैछु
खुशी हुनका लागी
तिम्रो मायाहरु माग्दैछु ।

थाहा छ मलाई
मेरो हरपल सपनामा बाच्ने जीवन
एकांकी जीवन
मेरो एकान्तमा
तिमी विना ज्यादै दुख्ने गर्दछ ।

न मलम पाउछु
म यो पीडालाई कम गर्न ।
न कसैको साथ
यो एक्लोपनलाई अन्त्य गर्न ।

केवल तडपिएर वाच्नु छ
मायाको निम्ति
ओभाना छन् यी नयनहरु
नयन भरी आंसु साँच्नु छ ।

तिमीसगको विछोडमा
मुटुभरिको चोट सहनु छ ।
माया गर्ने एउटा
मायालु हृदय संग
हृदय जोडेर हेर्ने कसरत गर्नु छ ।

Friday, December 26, 2008

वार्ता र आन्दोलन संगै बढाइने

सरकारसँगको वार्ता तत्काल टुङ्गोमा पुग्ननसकेपछि नेपाल पत्रकार महासंघले वार्ता र आन्दोलनलाई एकै साथ लैजाने निर्णय गरेको छ । पुस १० गते बिहान सूचना तथा सञ्चार मन्त्रालयमा भएको महासंघ र सरकारबीचको वार्तामा सरकारले गृहकार्यका लागि थप समय मागेकाले महासंघले यस्तो निर्णय गरेको महासंघका केन्द्रीय सदस्य तथा वार्ताटोली सदस्य उजिर मगरले जानकारी दिए । मगरले भने, ' सरकारले प्रतिबद्धता जनाएर मात्रै पुग्दैन । अपराधीलाई समातेर देखाउनु पर्छ । ' महासंघले वार्तामा सरकारसँग हिमाल मिडियामा आक्रमण गर्ने र बीरगञ्जको अंकुस दैनिक जलाउनेलाई पक्राउ गरेर कारबाही गर्न सरकारसंग माग गरेको थियो ।
महासंघसँगको वार्तामा सरकारको प्रतिनिधित्व गरेका सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले विभिन्न मिडियामाथि भएका आक्रमणलाइ सरकारले गम्भीर रुपमा लिएको बताउँदै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको मगरले जानकारी दिए । मगरले अबको वार्ता दुवै घटनामा संलग्नलाई सरकारले पक्राउगरी कारबाही गरेपछि मात्र हुने पनि उल्लेख गरे ।

source : www.himalkhabar.com

Thursday, December 25, 2008

Lawmakers express solidarity with journalists' protest

Lawmakers of various political parties expressed solidarity with the journalists who staged sit-in in front of the Constituent Assembly (CA) hall on Wednesday to protest against the series of assault on media.
The lawmakers of the parties including main opposition Nepali Congress (NC), ruling CPN-UML, Madhesi Janadhikar Forum (MJF), Terai Madhes Loktantrik Party (TMLP) and Chure Bhawar Rastriya Ekta Party have demanded the government's view on the recent attack on Himalmedia, a prominent media house, on Sunday.
Saying that the attack on Himalmedia is deplorable, Maoist CA member Posta Bahadur Bogati informed that Prime Minster Pushpa Kamal Dahal has already directed to initiate the process for taking legal action against the guilty.
NC's Gagan Thapa said that it is unfortunate to come up a situation in which the mediapersons, who provide the people with information, have to take to the streets against the government elected by the people.
Saying that the Maoist-led government has also repeated the style of former King Gyanendra, the NC lawmaker demanded the government's view on the attack on press.
TMLP lawmaker Hirdayesh Tripathi said that his party is ready to take any kind of movement if the press freedom is affected.In a memorandum submitted to the lawmakers, the Federation of Nepalese Journalists (FNJ) have demanded serious attention saying that the attack on press have obstructed the institutional development of republic, new constitution writing process, lasting peace and the professional and personnel security of the journalists.
Stating that the escalation of attacks on Media is regrettable, the FNJ has urged the lawmakers to take initiatives to free the country from the cycle of impunity.Protesting against the attack on Himalmedia, the journalists staged demonstrations at various districts including Bhaktapur, Dolakha, Dhankuta, Bhojpur, Morang and Rautahat among other districts today.
In some of the places, the journalists staged sit-in at the district administration offices tying black bands in their mouths.On Sunday, Maoist affiliated trade union workers barged into the Hattiban-based office of Himalmedia and attacked journalists and property, leaving around a dozen staffers injured.

source : www.ekantipur.com

Wednesday, December 24, 2008

त्रिभुवन विश्वविद्यालय प्राध्यापक दवाव समितिले आफना १३ सुत्रीय माग कायम राख्द ैआज एक बजे त्रि.वि केन्दिय कायर्ालय घेराउ गरेकाछन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक दवाव समितिले आफना १३ सुत्रीय माग कायम राख्द ैआज एक बजे त्रि.वि केन्दिय कायर्ालय घेराउ गरेकाछन् ।
समितिले त्रि.वि कुलपति,रजिष्टार ,रेक्टर समक्ष उक्त मागपत्र पेश गरिसकेको छ । सो मागपत्रमा पदोन्न्ाती सम्बन्धमा , रिक्त पदहरु , करार सेवा आदि विभिन्न्ा मागहरु अबिलम्ब पुरा गरि विभिन्न पदहरुको पुन विज्ञापन गरिनुपर्ने उल्लेख गरिएको छ ।
आन्दालनकार्यक्रम अनुरुप शुक्रवार १ दिन सम्पूर्ण त्रि.वि क्याम्पसहरु बन्द गरिने , १४ गते त्रि.वि सभामा घेर्ने , १८ गतेबाट त्रि.वि सेवा आयोग र त्रि.वि केन्दिय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिने कार्यक्रमहरु रहेको नेपाल प्राध्यापक संघ र त्रि.वि प्राध्यापक संघलाई ध्यानाकर्षण गराउनका निम्ति याे तालाबन्दी गरिएको आन्दोलनका संयोजक तथा नेपाल प्राध्यापक संघ पद्यकन्या इकाइ सचिवले जानकारी दिनुभयो।
यस सम्बन्धमा आन्दोलनकारी पक्षहरुले नेपाल प्राध्यापक सघं संग तालाबन्दी को विषयमा औपचारिक र्वाता गरिने भउको छ भनिएता पनि त्रि.वि संघले भने कुनै औपचारिक र्वाता नभएको जानकारी दिएको छ ।

यो आन्दोलन अनिश्चितकालीन रुपमा गरिने समितिले जनाएको छ ।

ऋचा र्शमा तिवारी

संविधानसभा भवन अगाडि एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरयो

नेपाल पत्रकार महासंघले हालै सञ्चारमाध्यमा भएको दमनको विरोध विरोध गर्दै आज पनि संविधानसभा भवन अगाडि एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरयो ।

सो कार्यक्रममा महासंघले सबैपार्टीका सभासद्हरुलाई हालै सञ्चारमाध्यमहरुमा भएको आक्रमणको विरोध गर्दै दोषी माथी कडा कारवाही गरिनुपर्ने,प्रेस स्वतन्त्रताको समर्थनमा सभांसदहरु को पनि भुमिका हुनुपर्नेर् ,प्रेस स्वतन्त्रताको बहाली गर्नुपर्ने विषयलाई समेटेर आफनो ज्ञापनपत्र समेत बुभ्ाएको छ ।

त्यसै गरि महासंघले उठाउर्दै अाएको प्रेस स्वतन्त्रताको बहाली गर्नुपर्ने ,दण्डहिनताको अन्त्य गर्नुपर्ने ,दोषी माथी कारवाही गर्नुपर्ने जस्ता विभिन्न मागहरु पनि पुरा हुन पर्ने कुरामा जोड दिएको छ ।

सोहि क्ममा सबै पार्टीका सभासद्हरुले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको बहाली हुनपर्ने र साथै हाल विभिन्न मिडियामा भइरहेको आक्रमणको निन्दा गर्दै सत्ताधारी पार्टीहरुले यस सम्बन्धी आफना धारणाहरु स्पष्ट रुपमा अघि ल्याउनुपर्ने कुरामा जोड दिएकाछन् ।

कार्यक्रममा सभासद्हरु शोभाकर पराजुली , पोष्ट बहादुर बोगटी , गगन थापा, ब्ाहादुर खड्का , रविन्द अधिकारी , हृदयेश त्रिपाठी , निलाम्बर आर्चाय , डि.पी यादव आदि लगायतका सभासद्हरुले आफनो धारणा प्रस्तुत गरेका थिए ।


नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमलाई आफनो माग पुरा नभएसम्म यथावत् राख्ने भएको छ ।

Reecha Sharma Tiwari

डोल्मालाई फाँसी नहुने

एक फिलिपिनो कामदारको हत्या अभियोगमा कुवेती तल्लो तथा पुनरावेदन अदालतबाट फाँसी सुनाएपनि सम्बन्धित पीडित परिवारले ब्लड-मनी स्वीकार गरेको पत्र आएकाले डोल्मा शेर्पाले मृत्युदण्डको सजाय नपाउने भएकी छिन् ।
पुनरावेदन अदालतले मंगलबार गरेको निर्णयमा नेपाली चेली डोल्मा शेर्पा फाँसीमुक्त भएकी छिन्, साउदी अरेबियाको रियादस्थित नेपाली नियोगका राजदूत हमिद अन्सारीले कान्तिपुरसँग फोनमा भने- अब उनको जेल सजाय मिनाहा गर्नमा पनि पहल थालिनेछ ।
डोल्माको जीवनरक्षामा पहल गर्ने सम्पूर्ण नेपाली र सरोकारवाला संघसंस्थालाई रियाद नियोगका तर्फबाट कृतज्ञता जनाउँदै राजदूत अन्सारीले डोल्माले अब पाउने जेल सजायको अवधी पनि छिट्टै तय हुने जानकारी दिए ।
एक फिलिपिनो घरेलु कामदार सहकर्मीको हत्या गरेको अभियोग पुष्टि भएर २० महिनादेखि जेल सजाय बेहोरिरहेकी डोल्माका तर्फबाट नेपाल सरकारले १० हजार डलरको ब्लड-मनी पीडित परिवारलाई बुझाएपछि उनको मृत्युदण्डको सजाय फिर्ता भएको हो ।

डोल्माको मुद्धा हेर्नलाई रियाद नियोगले कुवेतस्थित वकिल अल तारिक अल खर्जलाई नियुक्त गरेको थियो ।

source : www.nepalarab.com

प्रेसमाथि आक्रमण गर्नेमाथि सरकारले कारवाही गर्ने

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले हिमाल मिडियाका साथै पत्रकारमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चरमन्त्री कृष्णबहादुर महराले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

हिमाल मिडियामाथि भएको आक्रमणका विषयमा छानविन गर्न बैठकले सूचना तथा सञ्चार मन्त्री महरालाई जिम्मा दिएको छ । आजै मन्त्री महराले नेपाल पत्रकार महासंघका पदाधिकारीसंग छलफल गर्ने तय भएको छ । महराले अब समस्या समाधान हुने र दोषीमाथि प्रशासनिक र सांगठनिक कारबाही हुने बताए ।

गृहमन्त्री वामदेव गौतमले हिमालले आक्रमण गर्नेहरुको किटानी जाहेरी दिएलगत्तै कारबाही शुरु गरिने पत्रकारहरुलाई बताए । प्रेसमाथि आक्रमण गर्नेलाई सरकारले कानुनी कारबाही गर्ने उनको भनाई थियो ।

पत्रकारहरुको जुलुसमाथि माइतीघरमा प्रहरी हस्तक्षेपमा पत्रकारहरु घाइते भएकोमा गौतमले दुःख व्यक्त गरे । उनले विरोध प्रदर्शन गर्दा स‌ंयमित बन्न पनि पत्रकारहरुलाई आग्रह गरे ।

source : http://www.janapukar.com/

Tuesday, December 23, 2008

इजरायली दूतावासले भिसा आवेदन लिन छाड्यो

दुई साताअघि व्यक्तिगत सम्पर्कका आधारमा भिसा दिन छाडेको इजरायलले फेरि श्रम विभागको अन्तिम स्वीकृति नभई भिसा नदिने भन्दै नयाँ आवेदन लिन छाडेको छ । इजरायली दूतावासले भिसा आवेदनसँगै श्रम विभागको अन्तिम स्वीकृतिसहित स्टिकर लगाइएको पासपोर्ट बुझाउनु पर्ने सूचना गरेपछि तत्काल इजरायलका लागि नयाँ भिसा पाउने सम्भावना पनि सकिएको छ । काम गर्न जाने देशबाट भिसा पाएपछिमात्र अन्तिम श्रम स्वीकृति दिने नेपालको कानुनी व्यवस्था र अन्तिम स्वीकृति नदिई भिसा नदिने इजरायलको सूचनाले नयाँ भिसा पाउने सम्भावना बन्द भएको हो । व्यक्तिगत सम्पर्कका आधारमा इजरायलको भिसा लिन जानेले पनि पत्रिकामा प्रकाशित विज्ञापनको आधारमा संस्थागत प्रक्रिया रहेको बताउने गरेपछि दूतावासले भिसाका लागि अन्तिम स्वीकृति र स्टिकर लगाइएको पासवर्ड मागेको हो ।

'बिहीबारदेखि दूतावासले भिसा आवेदनको नयाँ फाइल लिएको छैन्, 'इजरायलका लागि मान्छे पठाउँदै आएको कर्म इन्टरनेसनलका प्रमुख करणबहादुर मल्लले भने, 'इजरायली दूतावासले अन्तिम श्रम स्वीकृतिसहित स्टिकर टासिएको पासपोर्ड लिएर आएमात्र भिसा आवेदन बुझ्ने बताएको छ ।' मल्लका अनुसार दूतावासले सूचना प्रकाशित हुन अघि आवेदन गर्नेलाई मात्र भिसा दिइरहेको छ ।

श्रम विभागका निर्देशक कृष्ण दवाडी विभिन्न पक्षसँग सल्लाह र छलफल गरेर समाधानको बाटो खोज्ने बताउँछन् । 'औपचारिक रूपमा जानकारी नभए पनि व्यवसायीबाट हामीले थाहा पाएका छौं,' उनले भने, 'सरकारले एकपक्षीय निर्णय नगरी विभिन्न पक्षसँग छलफल गरेर अगाडि बढनेछ ।' इजरायली पक्षलाई नेपालको कानुनी व्यवस्थाबारे राम्ररी जानकारी नहुँदा यस्तो समस्या आएको उनले बताए । 'यसबारे सरोकार राख्ने पक्षसँग छलफल गरिरहेका छौं,' दवाडीले थपे, 'त्यसबारे इजरायली दूतावाससँग छलफल गरिनेछ । दूतावासले भनेजस्तो भिसा पाउनु अघि नै अन्तिम स्वीकृति र स्टिकर टाँसेको भिसा दिन नसकिने उनले बताए । 'अन्तिम स्वीकृति भनेको भिसा पाएपछि आफ्नो देशका कामदार त्यो देश जानु उचित छ कि छैन भनेर दिइन्छ,' दवाडीले थपे, 'त्यसैले भिसाअघि अन्तिम स्वीकृति दिन सकिँदैन ।' विभागले छनोट सूची तयार गरी प्रमाणीकरण गरेर दूतावासलाई पढाउनु सबैभन्दा उत्तम विकल्प हुने उनको धारणा छ । श्रम ऐन मस्यौदा समितिका सदस्य तथा श्रमसम्बन्धी कानुनी सल्लाहकारका रूपमा काम गरिरहेका दुर्गादत्त पाण्डे अव्यवस्थित र अदक्ष कामदारको संख्या उच्च भएपछि इजरायलले बाध्य भएर यस्तो कदम चालेको बताउँछन् ।

'भाषा नजानेका, काम नजानेका तथा प्रशिक्षण नपाएका कामदारको संख्या इजरायलमा उच्च छ,' उनले भने, 'त्यसैले असक्षम कामदारको प्रवेशमा कडाइ गर्ने नीतिका कारण इजरायलले भिसाका लागि अन्तिम श्रम स्वीकृतिसहित स्टिकर लगाइएको पासपोर्ट मागेको हो ।' गत वर्षको जेठ महिनामा इजरायलले कामदारको प्रवेश अव्यवस्थित भएको भन्दै रोक लगाएको थियो । वैदेशिक रोजगारका लागि महिला माझ आकर्षक गन्तव्य बनेको इजरायल नेपाली कामदारका लागि तीन महिनाअघि मात्र खुला गरिएको थियो ।

दुई सरकारबीच नेपाली कूटनीतिक नियोग इजरायलमा राख्ने र संस्थागत रूपमा कामदार लैजाने सहमति भएपछि तीन महिनाअघि भिसा दिन थालिएको पाण्डेले बताए । 'खुला हुने बित्तिकै व्यक्तिगत सम्पर्कको आधारमा लैजान विभिन्न गुट सक्रिय भए,' उनले भने, 'त्यहाँ पुगेका महिलाले समस्यामा पर्दा जिम्बेवारी लिने कोही नभएपछि इजरायलले व्यक्तिगत सम्पर्कको आधारमा भिसा दिन छोडेको हो ।'

श्रम विभागले दूतावासलाई अन्तिम छनोट सूची पढाएर वा विभागको वेवसाइटमा नाम प्रकाशित गरिदिएर यो समस्याको समाधान गर्न सकिने उनले बताए । खुला भएपछि असोजमा २ सय ८१ र कात्तिकमा २ सय ३६ नेपाली इजरायल गएको विभागको तथ्यांकमा छ । मुख्य गरी नेपाली महिला घरेलु श्रमिकका रूपमा इजरायल काम गर्न जान्छन् ।

साभारः कान्तिपुर दैनिक

मिडिया माथिको आक्रमणको भर्त्सना

नेपाल कतार पत्रकार संघले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आइतबार हिमाल मिडियाको प्रकाशन गृहमा भएको आक्रमणको घोर भत्र्सना गर्दै उक्त कार्यको विरोध गरेको छ ।संघका महासचिव कुमार कार्कीद्वारा जारी सो विज्ञप्तिमा अगाडि भनिएको छ गत पौष ६ गते हिमाल मिडियाको प्रकाशन हिमाल खवर पत्रिकाका सम्पादक, सम्वाददाता, तथा कर्मचारी लगायत एक दर्जन पत्रकार माथि नेकपा माओवादीको जत्थाले गरेको आक्रमणको नेपाल कतार पत्रकार संघ घोर आपत्ति तथा निन्दा गर्दै भत्र्सना गर्दछ ।

नेपाली प्रेस माथि वाराम्वार हुदै आएको माओवादी आक्रमणको शिलशिला माओवादीहरु स्वयं सत्तासिन हुादा पनि वाराम्वार दोहोरिनुले माओवादीहरु प्रेस स्वतन्त्रताको पक्षमा छैनन् भन्ने देखाएको छ ।
हिमाल खवर पत्रिकाका पिडित पत्रकार तथा कर्मचारीहरुलाई उचित क्षतिपुर्ति दिर्दैं आगामि दिनमा प्रेस स्वतन्त्रताको ग्यारेण्टि गर्नका लागि नेपाल सरकारसाग संघ जोडदार माग गर्दछ । साथै आगामि दिनमा आˆना कार्यकर्तावाट यस्ता किसिमका घटना नदोहोरिनका लागि प्रतिवद्ध हुन र स्वतन्त्र प्रेसको सम्मान गर्न माओवादी पक्षलाई यो संघ हार्दिक आग्रह गर्दछ ।

साथै नेपाल पत्रकार महासंघका सभापति भर्मेन्द्र झा लगायतका पत्रकारहरुलाई एशियालि पत्रकारहरुको वैठकमा सहभागि हुन दोलखा जादै गर्दा वाटो विभिन्न तत्वहरुले पुर्याएको अवरोधको कडा शव्दमा निन्दा गर्दै प्रेसको सम्मान गर्न सवैमा हार्दिक आग्रह गर्दछौं ।
kumar karki
doha

source:www.nepaldubai.com

नेपाल पत्रकार महासंघद्धारा राजधानीमा एक घण्टे शान्ति धर्ना कार्यक्रम आयोजना गरियो ।

नेपाल पत्रकार महासंघले राजधानीमा आज एक घण्टे शान्ति धर्ना कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम बबरमहल सडक विभाग कार्यालय अगाडिबाट शरु भई काठमाडौ जिल्ला प्रशासन कार्यलय हुदै सिहंदरबारको उत्तर ढोकामा गए धर्नाको रुपमा परिणत भएको थियो । सो कार्यक्रम विशेष गरि मिडिया र मिडियाकर्मीहरु प्रति भएको दमनको विरोधमा आयोजना गरिएको हो । कार्यक्रममा सम्पादक सञ्जालका अध्यक्ष युवराज घिमिरेले यो आन्दोलन पुलिस दमन विरुद्ध नभएर ,यो दमन कसले गरिरहेको छ , राज्यको भुमिका के छ भन्ने विरुद्ध आफुहरु लडदै छौ । सत्ताले प्रेसलाई सधै रुचाउदैन र सत्ताधारी पार्टी माओवादी स्वतन्त्र प्रेस र न्यायलयको विरुद्धमा रहेको समेत बताउनुभयो । त्यसैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द झाले हाम्रो मागहरु सकारले पुरा गर्नेर्पछ र हामीले सधै आश्वासन मात्र नसहने र यस्ता दमनकारीहरुलाई कडा कारवाही गरिनुपर्ने आज यो समस्यालाई अन्र्तराष्टिय सञ्चार जगतले पनि चासोको साथ लिइरहेको छ र यसप्रति ऐक्यबद्धता जनाएर सहयोग गरेको बताउनुभयो । सो कार्यक्रममा प्रेस चौतारीका शम्भु श्रेष्ठले छापा वा विद्युतीय सञ्चारमाध्यमहरुले पनि सरकारी समाचारहरु वहिष्कार गर्नपर्ने, कि्रयात्मक लक्ष्य उन्मुख कार्यक्रमहरु गरि सबै मिडियामा सरकारको विरोध गर्न पर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रमका अर्का वक्ता मानवअधिकारवादी सुवोध प्याकुरेलले यसरी सञ्चारमाध्यममा आक्रमण हुनु यो एउटा मानवअधिकार माथी भएको आक्रमण हो र यो एउटा चुनौत भिएको बताउनुभयो । उहाले भन्नुभयो समाजमा सर्बै भन्दा पहिले प्रेस र नागरिक स्वतन्त्रता हो । त्यसै गरि नेपाल वार एशोशिएसनका अध्यक्ष्ा शम्भु थापाले यस विषयमा कथित आयोग बनाएर पन्छयाउन खोेजेमा ,यदि यहा कानुन र संविधान छ भने कडा भन्दा कडा ती दमनकारीरुलाई कारवाही गरिनुपर्दछ र यस आन्दोलनमा सम्पुर्ण कानुन व्यवसायीहरुले पनि ऐक्यवद्धता जनाएको बताउनुभयो । त्यसैगरि कार्यक्रमको सबै उपस्थित वक्ताहरुले सञ्चारमाध्यममा भएको दमनको विरुद्ध आफुहरु खरो किसिमले लडन्े धारणा व्यक्त गरेका छन् । सो कार्यक्रम देशभरी नै चलेको र भोली संविधानसभा भवन स्थल बाहिर दिउसो चारबजे विरोध कार्यक्र्रम गर्ने नेपाल पत्रकार महासंघका महासचिव पोषण के.सीले जानकारी दिनुभयो ।

ऋचा शर्मा तिवारी

Monday, December 22, 2008

आक्रमणको विरोधमा महासंघद्धारा प्रदर्शन; प्रहरी हस्तक्षेपमा पत्रकार दाहाल घाइते

काठमाडौं, पुस ७ - माओवादीले हिमाल मिडियामाथि गरेको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले राजधानीमा प्रदर्शन गरेको छ । राजनीतिक दलका शीर्ष नेतादेखि नागरिक समाजका अगुवा समेत ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागी भएका छन् ।
नयाँ बानेश्वरबाट सुरु भएको पत्रकारहरूको विरोध र्‍यालीमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइराला, सहमहामन्त्री अर्जुन नरसिंह केसी, पूर्व सभामुख तारानाथ रानाभाट, नेपाल विद्यार्थी संघ अध्यक्ष प्रदीप पौडेल सहभागी थिए ।नागरिक समाजका सदस्य कृष्ण पहाडी, शम्भु थापालगायतका अगुवाहरू सहभागी भएको र्‍याली माइतीघरस्थित मण्डलातिर अगाडि बढ्दा निषेधित क्षेत्र भन्दै प्रहरीले अबरोध पुर्‍याएको थियो ।
र्‍यालीमा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्दा महासंघका सचिव रामजी दाहाल घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका दाहाललाई तत्काल उपचारार्थ अस्पतालतर्फ लगिएको छ ।

source :www.ekantipur.com

स्वतन्त्र प्रेस माथिको आक्रमण प्रति महासंघद्वारा घोर आपत्ति

लामो समयदेखि नियमित रुपमा प्रकाशित भई पाठक वर्ग समक्ष आफ्नो अग्रणी स्थान कायम राख्न सफल भई आएको हिमाल मिडियाद्वारा प्रकाशित "हिमाल खवर पत्रिका" का पत्रकार एवं कर्मचारीहरु माथि गत आइतबार आक्रमण गर्नुका साथै पत्रिकाको कार्यालयमा तोडफोड गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ घोर आपत्ति सहित दुःख प्रकट गर्दछ ।
यस प्रकारको आक्रमण एवं हस्तक्षेपबाट सम्पूर्ण प्रेस स्वतन्त्रता माथि आक्रमण भएको ठहर गर्दै महासंघ त्यसको निन्दा गर्नुका साथै घटनाको तथ्यसत्य छानविन गरि दोषी माथि कडा कारवाहीका साथै नोक्सानीको क्षतिपूति हुन समेत महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

Photo of Attack on Himal Media





We are sorry to hear on the attack on the fourth bodies of nepal .
On photo :Anushil Shrestha

Maoists attack Himal Media in Nepal


Activists of the ruling party CPN-Maoist has attacked around one dozen employees, including scribes of the Himal Media Pvt Ltd, a publishing house, here local media reported. '' The Maoist cadres vandalised the Himal Media office at Hattiban in Lalitpur and attacked the staffers including Publisher Kunda Dixit, Chief Executive Officer (CEO) Ashutosh Tiwari, Executive Editor Kiran Nepal and senior correspondent Dambar Krishna Shrestha among others,'' Kantipur reported. According to the Himal Media, a group of about 50 people led by the Maoist affiliated All Nepal Hotel and Restaurant Workers' Union chairman Ramesh Babu Pant, barged into the meeting hall and attacked the mediapersons at around 1200 hrs. '' The group entered the meeting hall and started vandalising the office frantically,'' Publisher Dixit is quoted as saying in Kantipur. The Himal Media said among them 25 entered the office saying that they were supposed to participate in the meeting while other activists stayed outside the office.
Injured scribe Shrestha informed that the attackers warned that anything could happen within 24 hours as the Himal Media published a news against them. '' We said we wanted to talk, but they started beating us,'' he added. The Himal Media has claimed that more than 12 staffers had been injured.


Saturday, December 20, 2008

Pearl Qatar

This is design of Pearl Qatar

Can you guess ?




What may be the thoughts of this widow ?


A revenge


or


A remembrance of past life


Hard to read her eyes , which resembles pain of life .

बैदेशिक रोजगारका लागि इजरायलबाट नेपाली एजेन्टद्वारा चर्को रकम असुली क्यानडा तर्फ लैजादै

वैदेशिक रोजगारका लागि नेपालीहरूको मूख्य आकर्षण बन्दै आएको इजरायलमा अहिले नेपाली एजेन्टहरू द्वारा चर्को मुल्य असुली क्यानडा तिर लैजाने क्रम बढेको छ । नेपालबाट रोजगारीको लागि इजरायल आउने र इजरायलमा केही समय विताइ क्यानाडामा पि आर पाइन्छ भन्ने प्रलोभनमा परि क्यानाडा प्रवेष गर्नेको घुँइचो अहिले ह्वात्तै बढेको छ । क्यानाडामा पुगेपछि आफ्नो भिषाको काम नगर्ने र नेपाल र नेपालीको छवी विगार्ने गरी शरणार्थी शिविरमा गएर शरणार्थीको लागि आवेदन दिने गरेका छन् । नेपालीहरु क्यानाडा जानको लागि इजरायलमा क्यानेडियन कन्सल्टेन्सीहरुद्वारा राखिएका नेपाली एजेन्टहरुलाई नौ देखि वाह्र हजार अमेरिकन डलरसम्म तिर्ने गरेका छन् । हाल सम्म आधिकारिक जानकारीमा नभएता पनि ५० भन्दा वढी नेपालीहरु इजरायलबाट क्यानाडा प्रवेष गरेको अनुमान छ । क्यानाडामा सोंचेअनुसार पारिश्रमीक नभएको, ओभर टाइम सर्भिस नहुने, काम गर्ने ठाउँ र बस्ने ठाउँ सँगै नहुने, काम गर्न जानको लागि पायक नपर्ने, काम गर्ने ठाउँ सम्म जानको लागि भाडाको बस प्रयोग गर्नु पर्ने, कोठा भाडा तिर्नु पर्ने, र प्रत्येक महिनामा हुने आम्दानी कर तिर्नुपर्ने, यी विविध कुराहरुले गर्दा त्यत्रो रकम तिरेर आउनुको कुनै औचित्य नभएको क्यानाडामा पुगेका नेपालीहरुको भनाई छ । उनीहरुका अनुसार पारिश्रमीकको लागि क्यानाडा भन्दा इजरायल नै उपयुक्त भएको बताएका छन् । उता क्यानडामा कार्यरत नेपाली कामदारहरुको भनाई छ भने यता इजरायलबाट क्यानाडा पठाउने एजेन्टहरुले त्यहाँ गएर पि आर पाइन्छ भन्ने प्रलोभन देखाइ पैसा लिने गरेको पाइन्छ । तर क्यानडियन दुतावासमा क्यानडामा पुगेपछि पि आरका लागि आवेदन दिनेछैन भनि कागजपत्रमा हस्ताक्षर गराए पछि मात्र भिषा दिने गरेको पाइएको छ । हामी रोजगारको शिलशिलामा इजरायल आएका छौ पछि नेपाल फर्केर केही गरौं भन्ने विश्वास र अठोटका साथ इजरायल आएका हौं । किन यहाँबाट हामी क्यानडामा नौ देखि वाह्र तेह्र हजार अमेरिकन डलर तिरेर पलायन हुन्छौं ? के हामी अव नेपालमा गएर केही गर्ने अवश्था छैन र यसरी लाखौं रूपैयाँ खर्च गरेर क्यानडा लाग्नुपर्ने ? नेपाल र नेपालीको भविष्यका लागि पनि यो अति जरूरी बनेको छ । नेपाली एजेन्ट भनाउँदाहरू मोटाउने तर क्यानडा पुगेपनि कामको भार थपिने र कमाइ अझ कम रहने हुनाले यस्तो काम गर्नु दलालहरूलाइ आश्रय दिनु मात्र हो ।

source by : http://www.nepalisreal.net

Friday, December 19, 2008

इजरायल आउने नेपालीले जनही ५.५ लाख भन्दा बढी,कमिशनका लागि इजरायलमा दलालहरूको तछाँडमछाँड ।

रोजगारीका लागि इजरायल एक कमाइको केन्द्रविन्दू बनेको करिब दशक भैसकेको छ । इजरायलमा कामको प्रकृति भन्दा पनि यहाँको कमाइका हिसावले नेपालीहरू यसप्रति खिचिरहेको यथार्थता छ । कमाइ वास्तवमा नै छ तर जति नेपालमा म्यानपावर कम्पनिलाइ लगानि गरिन्छ त्यो अति महँगो छ । अनि इजरायली राजदूतबाट इजरायलमा लाग्ने शुल्कको बारेका स्पष्ट पारिएता पनि नेपालमा शुल्क घटाइने कुरा त परै जावोस् विपरीत शुल्क बढाइदै छ । नेपालका म्यानपावर कम्पनीहरूले इजरायलका म्यानपावर कम्पनीहरूसँग नै बढी भन्दा बढी शुल्क तिर्न समेत राजी भएका छन् । अहिले इजरायलको तेल अभिभ शहरमा दलाली गर्ने नेपाली तथा इजरायली म्यानपावरका एजेन्ट भनाउँदाहरू नेपाली किनबेचमा तछाँडमछाँड गर्दैछन् । अहिले तेल अभिभको मानवबेचा बजार नेपाली तथा इजरायली दलालहरूको सँगम थलो बनेको छ । अहिले नेपाली बजार पुनः बन्द हुदै गरेका कारण इजरायली दलालहरू पनि एक भन्दा एक पैसा बढाउदैछन् । त्यस्तै नेपाली दलालहरू पनि के कम समयको सदुपयोग गर्न र एक भन्दा एकले कमाउने तरखरमा जुटेकाछन् । इजरायली दलालहरूले रोजगारदातासँग बाटै कमिशन लिने भएता पनि उनीहरूले एकजनाको भिषालाइ महिलाको लागि ५५०० अमेरिकन डलर भन्दा बढी र पुरूषका लागि ७००० अमेरिकन डलर भन्दा बढी डलरमा बेच्ने गरेको यथार्थता सबैमा सर्वविदित भएकै कुरा हो । तर इजरायलमा भिषा निकाल्न इजरायली सरकारले लिने जम्मा खर्च ८०० अमेरिकन डलर मात्र हो । यहाँ दलाली काम गर्दै रहेका नेपाली एजेन्टहरूले यी भिषालाइ नेपालसम्म पठाउने संवाहकका रूपमा काम गर्छन् र त्यसवापत कम्तिमा १००० अमेरिकन डलर लिने गरेको पाइन्छ । यसर्थ नेपालसम्म एउटा भिषा पुग्नका लागि कम्तिमा महिलाहरूका लागि ५००० अमेरिकन डलरदेखि झन्डै ६५०० अमेरिकन डलरसम्म र पुरूषहरूका लागि ८००० अमरिकन डलर देखि १०००० अमेरिकन डलरसम्म लिने गरेकाछन । अझैपनि यसबारे कुनै कदम अगाडि नबढाइए यसको मुल्य द्रूतगतिमा बढ्ने कुरामाथि शंका गर्नै ठाउँ नरहला भन्न सकिदैन । अहिले नेपालमा एक महिला बराबर ५.५ लाख देखि ६ लाखसम्म र एक पुरूष बराबर ७ देखि ८ लाख सम्म असुल्ने गरेका छन् । त्यसैले यसमाथि मध्यनजर राख्नुहुन नेपाल सरकार लगायत यससँग सम्बन्धित परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय, तथा सम्पूर्ण सम्बन्धित मानव अधिकारवादी सँधसँस्थाहरूको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ । यदि समयमा नै यस प्रति कदम नचालिएमा यो दलाली पेशाले नेपाल र नेपाली माथि नै प्रश्नचिन्ह खडा नगर्ला भन्न सकिदैन । किनकी उदाहरणका लागि यहाँ अवगत गराउनु पर्दा सोही भिषा फिलिपिनीहरूका लागि मात्र ३५०० अमेरिकन डलरमा उपलब्ध थियो र एक फिलिपिनीले मात्र ३५०० अमेरिकन डलर तिरेर इजरायलसम्मको यात्रा तय गर्ने हुनाले इजरायलमा फिलिपिनी दलालहरू फिलिपिनी कामदार ल्याउन बन्द गरि नेपाली कामदारहरूका लागि कसरत गरेकाछन् ।

Unknown writer

भावना

म आज
आफनो जीवन संग
खुशीको भीख माग्दैछु
खुशी हुनका लागी
तिम्रो मायाहरु माग्दैछु

थाहा छ मलाई
मेरो हरपल
सपनामा बाच्ने जीवन
एकांकी जीवन
मेरो एकान्तमा
तिमी विना ज्यादै दुख्ने गर्दछ ।


न मलम पाउछु म
यो पीडालाई कम गर्न ।
न कसैको साथ
यो एक्लोपनलाई अन्त्य गर्न ।

केवल तडपिएर वाच्नु छ
मायाको निम्ति
ओभाना छन् यी नयनहरु
नयन भरी आंसु संाच्नु छ ।

तिमीसगको विछोडमा
मुटुभरिको चोट सहनु छ ।
माया गर्ने एउटा
मायालु हृदय संग हृदय
जोडेर हेर्ने कसरत गर्नु छ ।

अभिव्यञ्जना

नेपाली दाजुभाई भनिनेहरुबाट नै ठगिन्छन् नेपाली चेलीहरु विदेशमा ।

मिठु सुन्दास

लेबनान बाट वैदेशिक रोजगारी बाट फर्केकी पीडीत ।

आफु लेबनानमा रहदा आफुले काम गरेको ठाउमा उनलाई यौनशोषण गरिन्थ्यो । उनीलाई यौन कि्रयाकलाप गर्न नमानेको खण्डमा भने पिटिन्थ्यो र बेहोस अवस्थामा पुग्थीन,तर एकपटक भने आफुले प्रतिकार गर्न खोज्दा त्यस शोषकलाई छुरा देखाएर मार्न खोजेको बताउछिन् उनी ।
उनलाई सधै एजेन्टले यौन शोषणमा लगाउन खोजेको र कतिपय नेपाली महिलाहरु त्यसै गरि यौन शोषणमा समेत परेको तथ्य उजागर गरिन उनले ।
त्यहा त नेपाली एजेन्टहरु नै नेपाली चेलीबेटीहरुलाई यौन कि्रयाकलापमा लगाउछन् र उनीहरुको जीवन र्बबाद गर्दछन् उनले बताइन् ।
यसरी आफनो एजेन्टले आफुलाई नराम्रो व्यवहार गरेर पीडा दिएको र नेपाल र्फकनका लागी हवाई टिकट र पासर्पोट समेत पनि नदिएको,खान लगाउन पनि नदिएर , यौन शोषण गरेर उनलाई घरबाट बाहिर निकालेर बाटोमा फालेको बताइन् । त्यस बेला उनको स्थिीती भने बडो नाजक थियो , उनको शरीर हलचल गर्ने स्थिीतीमा पनि थिएनन् ।उनको मानसिक अवस्था ज्यादै कमजोर भएको थियो र शरीर पनि ज्यादै कमजोर । उनले केहि दिन त न खान पाइन् ,न वस्ने वास नै पाइन ।
त्यसपछि उनलाई एउटा नेपाली महिलाले भेटेर सहयोग गरिन र उनलाई प्रहरी कहा लगेर उनको पासर्पोट ल्याउन र नेपाल आउने टिकट मिलाएर फर्कीन सहयोग गरिन र उनी नेपाल फर्कीन लाग्दा उनले विमानस्थलमा एकजना नेपाली भेेटिन र उनले उनीलाई केहि पैसा दिए पनि । त्यस पछि उनी नेपाल आइन् र यहाको विमानस्थलमा नेपाल्ाी प्रहरीहरुले उनको बारेमा
सोधपुछ ्गरी उनको शारिरिक अवस्था अनुरुप उनलाई १०, १५ दिनसम्म यहाको अस्पतालमा राखेर उपचार गरेर केहि रकम चन्दा उठाएर उनलाई घर र्फकन समेत सहयोग गरेका थिए ।
ज्ाब उनी घर पगीन तब उनले आमालाई फोन गरेर आफु आएको बताइन् र नेपालमा उनलाई ओरेक भन्ने सस्थाको सहयोगमा त्यो एजेन्टलाई पक्रन सफल भईन् र पछि त्यो एजेन्टलाई प्रहरी हिरासतमा राखियो । यसरी आज उनी त्यस नर्कबाट बाच्न सफल भई आरेकमा नै सीपमलक तालीम लिएर जीवन निर्वाह गरिरहेकी छिन् ।
यस्ता कयौ नेपालीहरु विदेशमा नै नेपालीबाट नै ठगिएर जीवन नरकमय बनाउन वाध्य भएका तथ्यलाई हामीले नर्कान सक्दैनौ । यस्तै परिस्थिीती हो भने के हामी नेपाली एजेन्ट बाट विदेशमा सरक्षित छौ त ?के हामीले नेपाली एजेन्टलाई विदेशमा विश्वास गर्न सक्ने बातावरण छ त ? के नेपालमा साच्चै यस्ता गिरोहका लागी कानुन नै छैन त ?अनि यसको दीर्घकालीन समाधान का उपाय र विकल्प के त ?भन्ने प्रश्नहरु सोचनीय रुपमा रहेको छ ।

This story is self told by mithu sundas at GEFONT programme .

Thursday, December 18, 2008

अन्र्तराष्टिय प्रवासी श्रमिक दिवस

नेपाल टेड यनियन महांसघले सरक्षित रोजागारको लागी जागरण अभियान को कार्यक्रम सहित अन्र्तराष्टिय प्रवासी श्रमिक दिवस को कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री मा. अष्ट लक्ष्मी शाक्यले वैदेशिक रोजगार विषयमा भएको समस्या र चनौतीलाई समाधान गर्नँपर्ने र आफले यी समस्याहरुको सरकारबाट नै समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नभयो ।
त्यसै गरि कार्यक्रमका अर्का वक्ता तथा वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष तिलक रानाभाटले आप्रवासन सन्धी आज सम्म नेपालले अनमोदन नगरेको अवस्था रहेको छ । वैदेशिक रोजगारमा गरकाहरुको योगदानको कदर ,सरक्षा हनपर्ने करामा विषेश जोड दिनभयो र भन्नभयो आप्रवासन सन्धि नेपालले तरुन्त लाग गर्न पर्ने करामा विशेष जोड दिनभयो ।
त्यसै गरि वैदेशिक रोजगार प्रवद्धन वोर्डका कार्यकारी निर्देशक थानेश्वर सापकोटाले २०६५ सालदेखि २५ सदस्यीय बोर्ड को गठन गरिएको विषयमा जानकारी गराउनका साथै भन्न्ाभयो कतिपय कराहरु कानन कमजोर भएका कारण पनि मानिसहरु ठगिएका हन् र कतिपय त कानन कमजोर भएर र सबै प्रकृया परा नगरी गएमा र आवश्यक योग्यता नभइकन विदेशमा पैसा मात्र कमाउने सोच लिएर गएमा समस्या भएको हो । यसको समाधानको लागी कामदार आफै सजग र सचेत हनपर्ने करामा जोड दिनभयो ।
कार्यक्रममा विभिन्न्ा देशहरुबाट वैदेशिक रोजगारी बाट फर्केका कामदारहरुको आआफनो कथा व्यथा सनाएका थिए र साथै यसै सम्बन्धी २ वटा वृत्तचित्र पनि देखाइएको थियो ।
सो कार्यक्रममा जिफन्ट सग आवद्ध विभिन्न सरोकारवालाहरु,पत्रकारहरु को समेत उपस्थीती थियो ।
यो जागरण अभियान सन् २००८ देखि १३ वटा जिल्लामा सञ्चालन गरिएको छ ।

ऋचा शर्मा तिवारी
नेपाल

विश्व आप्रवासन दिवस डिसेम्बर १८ ,२००८

आप्रवासी कामदारको योगदानलाई सम्म्ाान गरौ भन्ने नाराका साथ यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरि विश्व आप्रवासन दिवस मनाइयो ।

यसै अवसरमा आज राजधानीमा प्रभातफेरी को आयोजना गरिएको थियो । सो कार्यक्रम विहान ८ बजे बसन्तपुर डबलीबाट शुरु भई भृकुटीमण्डममा गएर सभामा परिणत भएको थियो । साथै भृकुटीमण्डपमा
वैदेशिक रोजगार सम्ब्ान्ध्ाी व्ािभ्ािन्न्ा सरोकारवाला संघसंस्थाहरुले आआफनो प्रकाशनका स्टलहरु राखी प्ाुस्त्ाक प्रर्दशन्ाीको आयोजना गरेका थिए ।

सो सभा कार्यक्रममा श्रम विभागका महानिर्देशक मोहन कृष्ण सापकोटाले वैदेशिक रोजगारलाई व्यवस्थीत बनाउनु पर्ने आवश्यकताको खांचो रहेको औल्याउनुका साथै निजी र सरकारी सरकोरवाला संस्थाहरु मिलेर यस क्षेत्रको ठगी र विभेदको अन्त्य गर्न प्रतिबद्धता रहेको र महिलालाई वैदेशिक रोजगारिमा जानका लागी अवसर र सीपको आवश्यकता प्रमुख भएको धारणा व्यक्त गर्नभुयो ।

त्यसै गरी पौरखीका अध्यक्षतथा सुरक्षित आप्रवासनका लागी राष्टिय सञ्जालका सचिव मञ्जु गुरुगंले समाजमा वैदेशिक रोजगारीलाई हेर्ने दृष्टिकोणमा फरक आएकोले नेपाल सरकारले पनि यस अभियानमाा सहयोग गरेको सबल पक्ष रहेको र आगामी दिनहरुमा पनि यो सहकार्य निरन्तर हुनुपर्नेर सम्पुर्ण साझेदार सस्थ्ााहरुलाई ऐक्यबद्धता जाहेर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता तथा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाले नेपालमा पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई सरक्षित ,व्यवस्थित गर्ने नितिलाई निरन्तरता दिने र रेमिटयान्समा समेत सहयोग गरेको छ , तर यसमा धेरै समस्याहरु भोग्नपरेको तथ्य नर्कान नसकिने बताउन भयो ।

सो कार्यक्रममा सुरक्षित आप्रवासनका लागी राष्टिय सञ्जाल , युनिफेम ,पौरखी लगायतका विभिन्न आप्रवासी सम्बन्धी काम गर्ने संस्थाहरुको प्रतिनिधि , व्यवसायी , पत्रकार आदि को सहभागीता थियो ।
यस वर्ष नेपाल सरकारले पनि यो कदममा सहकार्य गरेकोे छ ।

Abhibyanjana

Wednesday, December 17, 2008

आंसुको कविता


म भित्र कविता रुन्छे , कविता भित्र रुन्छु म
कविकी करुणा रुन्छे ,आंसुको मुटु छुन्छु म ।

टुटेको मुटुको साथी ,व्यथाको पगरी धरी
तोडेर नेत्रका बांध , छचल्किन्छ कठैवरी ।


म निम्ति रुन्छ यो आंसु आंसुका निम्ति रुन्छ को ?
रोएर रुनुका निम्ति ,सम्झना भित्र हुन्छ को ?

आसुंले देख्न सक्दैनन् र आसुंका रमिताहरु
हांसोले पढ्न जान्दैनन् आसुंका कविताहरु

दुर्गा प्रसाद पोख्ररेल
सम्प्रति: त्रि.वि. किर्तीपुर ।

जिवन र सङ्घर्ष

नसोच जिवन ब्यर्थ छ भनेर,
त्यो त प्रकृतिको प्रसाद हो ।।

नगर तुलना दुख अनि धोखासङ्ग मात्रै,
त्यो त केबल बर्षात हो ।।

बर्षात बन्छ कालो बादलको गोधबाट
तर,
बर्षात पछि आकास अबस्य खुल्छ।।

सत्कर्ममा बिस्वास राख्दै अघी जो बढ्न सक्छ,
त्यसले त्यो कालो इतिहास अबस्य भुल्छ ।।

नसोच म जन्मेको केबल आफ्नो लागि मात्रै भनेर,
तिमिसङ्ग अर्को पाटो पनि त गासियको छ ।।

के भो त तिम्रा केहि खुसीहरु लुटिय पनि,
रित्तियको त छैन नि कहि कतै साचियको छ ।।

नडुलाउ मन अतितलाइ सम्झेर,
त्यो त बितेर गैसक्यो ।।

सोच्नु छ भबिस्य अनि रमाउनु छ बर्तमानमा,
सङ्हर्ष त हाम्रो नियति नै भैसक्यो।।


टिकाराम रेग्मि "सङ्घर्ष सहयात्री"
जुम्ला सिन्जा
हाल माल्दिभ्सबाट

तिम्रो जन्म







हिजो राती सपनिमा


तिम्रो जन्म


भाको मैले देख्दै थिय ।।


त्यहि बेला


मैले दुइटाशब्दहरु लेख्दै थिय ।।






त्यो बेलामा कैयौ मान्छे


तिमिलाइ नै भेट्दै थिय


सबै जना तिमिलाइ नै


शुभ कामना बाड्दै थिय ।।


तिम्रो जन्म भाको सुनि


इश्वर पनि खुशि थिय


तिमिलाइ नै हेर्न भनि


टुप्लुक त्यहि आइ पुगे।।






जन्म भय यो धर्तिमा


अभिभाबकले हुर्काइ दिन्थे


भबिश्यलाइ कता मोड्ने


त्यो त आफ्नै हातमा छ रे।।


आउछन सबलाइ अबसरहरु


नमरेर बाच्न सके


दुइ दिनको जिन्दगिमा


हरेश कहिल्यै नखानु रे?






नेत्र प्रसाद शर्मा "नबनेत्र"



बाग्लुङ



हाल मल्दिभ्स

Govt. urged to endorse UN Convention on migration

Safe Migration Network, a national network working, lobbying and advocating for the rights of migrant workers has urged Nepal government to endorse UN convention on migration 1990 and ensure security to Nepali nationals working in foreign labor market.

Issuing a press statement today, the Network has also urged the government to ensure rights to such workers to vote in the Constituent Assembly (CA) elections through the office of consulate and embassies.

The Network has also set different programs to mark International Migration Day. The network is to organize a rally on December 3, exhibit materials related to foreign employment and distribute pamphlets. Similarly the Network will organized seminar on related issues and launch awareness programs.

source : http://www.nepalbiznews.com

Tuesday, December 16, 2008

गजल

सकिन तिमि सँग हिजो मैले प्रस्ताब कुनै राख्नलाइ
भयो पछुतो आज तिमिबाट टाढा भएर बस्दा मलाइ।।

छन त छँदै छ तिम्रो सम्झना पल पल मेरो मनमा
के गर्ने टाढा भएर देखाउन नमिल्ने तिम्रो आँखामा।।

हुन त तिमिले बिर्सिएर हुन सक्छ मेरो वास्ता नगरेको
तिमिलाइ थाहा छैन यो मेरो मन कति छ रोइरहेको।।

म इज्जत राख्न चाहन्थे सबैको, सकिन भन्नलाइ
त्यसैले गर्दा धोका भयो, आज थाहा छैन तिमिलाइ।।

तिमिलाइ सम्झि आज म टोलाइ रहन्छु पल पलमा
तर के गर्ने पाउन सक्दिन तिमिलाइ, खोज्दै छु सगरमा।।

छैन कुनै खबर आज तिम्रो, कतै डोली त चढिनौ
कता छौ आज कस्को साथ लियौ, खै किन भन्दिनौ।।

तिमिले बिर्से पनि आज म सक्दिन भुल्नलाइ
तिमिले बिर्सिएर गयौ भने सक्दैन यो कोपिला फुल्नलाइ।।

नेत्र प्र शर्मा
बाग्लुङ भकुण्डे
हाल माल्दिभ्सबाट

बैदेशिक रोजगारीका लागि माल्दिभ्स नेपाल, नेपाली; समस्या र चुनौतिहरु:


बैदेशिक रोजगारीका लागि माल्दिभ्स नेपाल, नेपाली; समस्या र चुनौतिहरु:"घर नखायको छोरी र प्रदेश नपसेको छोरालाई के थाहा" यो नेपाली उखान लगभग नसुनेको कोही पनि नेपाली पाइन्न होला; त्यती मात्र नभयर घर नखायको छोरी पाउन त सकियला तर प्रदेश नपसेको छोरा पाउन गाह्रो नै पर्ने भईसकेको छ अहिले नेपालमा ।। यसरी बिदेशिने क्रममा नेपालीहरु युरोप अमेरिका, खाडी मुलुकहरु साथै सार्कका केही देशहरुमा पनि रोजगारिको शिलशिलामा जाने गरेको पाईन्छ। सार्क देश मध्यको सानो देश माल्दिभ्समा अहिले आयर झन्डै चार हजारको हाराहारीमा नेपालीहरु भयको अनुमान छ। बिगत यक -दुइ बर्ष यता नेपाली यहाँ आउने क्रम ह्वात्तै बढेको पाईन्छ । तर अहिले आयर दिनानुदिन महिलाहरुको माल्दिभ्स आगमन पनि बढी उत्साहजनक देखियको छ, यहाँको राजधानी मालेका धेरै जसो घरहरुमा हाउस मेड र केही ब्युटी पार्लरहरुमा मनग्य नेपाली महिलाहरु भयको पाईन्छ। प्राप्त श्रोतहरुका अनुसार माल्दिभ्समा नेपालीहरुको प्रवेश सन १९९२ तिरबाट सुरु भएको र पछी आयर सन २००० तिरबाट यो क्रममा बृद्धि हुँदै गएको पाईन्छ । यहाँ रोजगारीको अवसर सबैलाई समान रुपमा उपलब्ध भएकाले नेपालीहरु स-साना काम देखी लियर ठूला काममा कार्यरत भयको पाईन्छ । केही अनुभब बटुलेका तथा राम्रो शिक्षा हुनेहरु होटेल तथा रिसोर्टहरुमा संलग्न छन भने थोरैको संख्यामा भय पनि कोही डाक्टर, इञ्जिनियर र मेनेजर पनि भयको पाईन्छ। यहाँ समस्या र चुनौतीको कुरा गर्दा नेपालीहरुले आफ्‍नो दक्षता र सीपलाई सही सदुपयोग र क्षेत्रमा उपयोग गर्न सकिरहेका छैनन त्यसैले गर्दा आफ्नो कामलाई उचित मूल्यमा बेच्न सकेका छैनन । मुख्य रुपमा शिक्षाको कमिले गर्दा भाषामा दक्ष नहुनु र आफूले जानेको दक्षता र सीप यहाँको श्रम बजारमा निश्चित मापदण्डमा नपुग्नु नै मुख्य समस्या रहेको छ ।। यसरी हेर्दा यहाँ रहेका नेपालीहरुलाई भाषा, ज्ञानसम्बन्धी कार्य क्षेत्रको न्यूनतम आधार नहुनु जस्ता चुनौतीहरु देखिन्छन भने दलालबाट झुटा आश्र्वासन दिने र तिनै आश्र्वासनको भरमा नेपाली युवा युवतिहरु हामफल्ने क्रम जारी रहनु हो। भारतको केरलामा हेर्दा त्यहा ३-४ वटा गेस्ट हाउसहरु नेपाली युवा युवतिहरु जो माल्दिभ्सको कुनै राम्रो कम्पनिमा गयर मनग्य धन कमाउने सपना मनमा बोकेर बसिरहेको पाईन्छ ।


नेत्र प्र शर्मा

बाग्लुङ

हाल माल्दिभ्स

मेरो मृत्यु

आज राती सपनामा
मेरो जीवनको
मृत्यु भएको
म देख्दै छु ।

न कात्रो छ
लाश छोप्न
न कोहि छ वरिपरि
कस्तो वेवारिसे मृत्यु
लाग्यो यो एउटा
अभावको मृत्यु हो
न कि
मेरो शरिरको ।

म आफनो मृत्यु
आफै महसुस गदैछु
कस्तो विडम्बना
आफनो जीवनको
मृत्यु महसुस गर्नु ।

म बांच्दा सम्म
सबै संगै थिए
खुशीका पलपलमा
तर
पीडामा मेरो मृत्युको
रुने पनि कोहि रहेनछ ।

त्यसैले मेरो मृत्यु
मेरो सपनामा
वेवारिसे बनेको छ
अभावयुक्त बनेको छ ।

अनुरित्त प्रश्न

उसग मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाा देखे राम्री लाग्यो ,हाासे ,औपचारिकता निभाए मैले । राजेशको कोठामा गए ,गफ गरे ,तर जति गफ गरे ,आफैले विर्से ,उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो , उसको अफिसबाट घर तिर लागे ,मन नलागीकन ,उनको स्मृतिहरु लिएर ।
रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो ,किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए । तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढयो, अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुा कसो गरु को अवस्थामा थिए म ,एक कप चिया बनाए , भ्fmयाल् निर बसेर बाहिर हेर्दै चिया पिउदैरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो , विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहाा जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा त आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झयालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसाग फर्केर आइन ,मेरो घर तिर हेर्दै गइन् । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।
म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे ,सायद साथीसाग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाासेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसाग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एककिसिमको चिसो भयो मन । उनलाई देखेर मन हाास्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन ,म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेररिहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी ।उसले मलाई देखि ,हाासी । म मनमनै गद्गद भए ।
अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर्‍यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्‍यो ,मैले मौन रुपमा हो भने ,सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है ?उसले केहि भन्न सकेन ,मौन भयो ।उसले सोध्यो किन के कारण हो जागीर खाने भन न ?मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन ,लक्ष्य बनिन उनी ,प्राप्ती का लागी ।राजेशले मेरो करा काटन् सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो ,म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा ,धेरै राम्री देखिएकी थिइन उनी ।
उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए ,नजिकै थिइन उनी ,लजाइन । गाजली ती आाखाहरु म्ाानौ मलाई हेर्न नै व्यस्त थिए , म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।
आज तिम्रो परिचय एकजना साग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न ?उसले हेर्न भेटे पछि आफै थाहा पाउछास । उ मनमनै सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए ,भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसाग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु ।राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।
म के बोल्ने भनेर सोच्न थाले , तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे ,उनले पनि कति विचाहरुमा सहमती जनाइन ,ज्यादै शिष्ट थिइन ,म मनमनै धेरै हषर्ीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएका े? मैले अह Û भने । म लिन्न , सायद आभाले थाहा पाई । म उसाग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागी , नजिक रहनका लागी ,अपनत्वका लागी । हामी धेरै बेर बातचीत गरिरहयौ यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो ,थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजीदिनहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले ,होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही ,राजेशको कुरा सनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।
पर्सीपल्ट अफिसमा गए ,उनी आएको थिइन ,मन लागेन अफिसमा बस्न ,छटपटि भयो उनलाई हेर्न मन लाग्यो ।ढिलो आइन उनी अफिस ,मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने ।उनी झस्कीन ,पछाडि म थिए उनले थाहा पाइनन् विस्तारै पछाडि हटिन् म निर ठोकिइन् ,झंसग भइन । आखाा हेर्न पनि सकिनन् उनले ,मैले सोधे यस्तो माया लाग्छ मेरो ,उनी लाजले भागीन् । केहि बोलिन म अफिसबाट उठेर हिडे ,रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन ।भोलिपल्ट सर हिजो कहाा भागेको भनेर जिस्कीयो ,मैल्ेा होइन अलि सञ्चो भएन भने ,उसले केहि बोलेन । दिनभर काम गरे ,साझा अफिसबाट हिडन् लागेको थिए आभाले सर म पनि जान्ो नि भनि , मैले ल आउ न त भने ।हामी बाटोमा गफ गर्दै गयौ ।थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।
घर आयो ,विछोडको समय आयो ,मन नरमाइलो लाग्यो ,उनले सर म गए ल भनी ,मैले केहि बोल्न सकिन ,निश्ब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए ,उनी मेरो कोठामा आइन ,ल कहाा जान लागेको तपााइ म तपााईलाई भेटन् आएको भन्दै आई । म ए आउ न त भने ,हामी बस्यौ गफ गर्न लाग्यौ ।समय वितेको थाहा भएन ,रात परेछ ,म उसको घर सम्म छोडन गए ,भोली भेटने वाचाका साथ ।
भ्ाोलीपल्ट उनी अफिस आइनन् ,मन नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर ,उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाादा उनी छक्क परि । सर याहा ?तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो ?होइन केहि होइन ?मन लागेन अनि त्यसैले भनी उनी उठिन ,सर बस्नुहोस् न ठिकै छ भनेर उ उठयो । केहि भए मलाई भन न त भनेर मैले भने ,खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विहा गर्नुहोस् न । म स्तब्ध भए , म खबर गर्छुनी भनेर उ उठयो त्याहाबाट र गयो ,जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रोएर । मौनता छायो त्यसबेला ,तर उसले चाहेको जस्तो भयो त्यसबेला । उ मख्ख भयो । भोलिपल्ट अफिस गएर काम गर्दा प्रशन्न थियो ,राजेशले किन यस्तो हर्ष नि भन्यो ,उसले मैले विहा गर्न लागे भनेर आभाले सुन्ने गरि भन्यो । हो र को हो त्यो भाग्यमानी ह ?उसले उत्तर मा भन्यो छे एउटी परी मेरो सपनाको ,जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो ,मैले पार्टी नदिइ भएन ,अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विहा गर्ने प्रस्ताव राखे ,उनी छक्क परिन् र सहमत भइन । हामी सबै प्रशन्न्ा थियौ ।
त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन ,किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन ,कहाा गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन ,डर लाग्यो कहाा गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलीपल्ट अफिसमा आयो राजेश । हिजो काहा गएको त भनेर सोधे ? ए एक्लो भए भनेर हिडेको ।कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् ?त अब विहा गर्ने मान्छे साग के हिडने भनेर नि ।
उसले केहि कुरा लुकाएको थियो भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन ?उसले राजेशलाई भन्यो त पनि विहा गर न है ?राजेशले को साग ? भन्यो । मैले आभासाग भने । उ झसाग भयो कहाा म विहा गर्ने तैले मनपराएको केटि ।
मैले तेरो निम्ति यति गर्न सक्दिन न त ,तैलेे मेरो लागी यति गरिस् मलाई पनि केहि गर्न दे न अब है?मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्म्ाा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले ? प्रश्न अनुरित्त नै रहयो ,मौनता छायो ।

अभिव्यञ्जना
कथा लेखन मेरो पहिलो प्रयास हो ।

सुभद्रा पन्त विष्ट संग ऋचा शर्मा तिवारीले लिएको अन्र्तवार्ताको अंश

बुबा चैलनिधि विष्ट तथा माता भवनकमारीको कोखबाट वि.स २००० साल माघ १६ गते काठमाडौको वटु टोलमा जन्मन भएको साहित्यकार श्रीमती सुभद्रा पन्त विष्ट को साहित्यीक उपनाम सुपु अकेला हो ।

आइ.ए सम्मको अध्ययन परा गरेपछि वि.ए पढदै गर्दा वि.स २०२२ साल मसिंर १७ गते सर्दशन देव पन्त संग उहांका विवाह भएको हो ।

ऋ ः साहित्यमा लाग्ने अभिरुची कसरी जाग्यो ?

सुः मैले १८ वर्षको उमेर देखि नै साहित्यमा प्रवेश गरेको हो ।मलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिने मेरो साथी टिका शाहले भैरव अर्याललाई चिनापर्ची गराएपछि अभिरुची जागेको हो ।

ऋस् प्रथम पटक प्रकाशित रचना कुन हो र कहाा प्रकाशन भएको थियो ?

सु स्प्रथम पटक प्रकाशितथ रचना "एक मुस्कान"हो त्यस बेला म अठार वर्षको थिए र यो गोरखापत्रमा वि.सं २०१८- वि..सं २०२० सालमा प्रकाशित भएको थियो ।

ऋ स् यहााका अहिलेसम्म प्रकाशित भएका कृतिहरु कुन कुन हन् ?

सु स् वि.सं २०५८ सालमा वनिता प्रकाशन विराटनगर बाट प्रकाशन भएका कृतिहरुमा लोर्खकेको बुद्धिमानी हो यो वि.सं २०५८ मा प्रकाशित भएको हो । त्यस्तै गरि पौराणिक कथा संग्रह भाग १ र २ आफनो श्रीमान् सुर्दशन देव पन्त र छोरा सुनिल देव पन्त को सहयोगमा प्रकाशन गरेको हो । साथै विराटनगर बाट प्रकाशन हुने "वनिता साहित्यीक पारिवारिक त्रैमासिक "पत्रिकामा पनि विभिन्न लेखहरु प््राकाशन भएका छन् ।

ऋ स् यस क्षेत्रमा प्रवेश गर्नु अघि कतिको संर्घष गर्नभुयो र आजसम्म कनै परस्कार ,मानसम्म्ाान प्राप्त गर्नभएको छ कि ?

सु मलाई यस क्षेत्रमा आउन खासै संघर्ष गर्नु परेन। माइतमा छदाँ स्वतन्त्रतामे लेख्न पाइन्थ्यो भने विवाह पछि पनि पति सुर्दशन देव पन्तको पूरा सहयोगमा विभिन्न साहित्यिक रचनाहरु प्रकाशन गर्ने र संलग्न हुने सौभाग्य पाएको थिए। तर अहिले खुट्टाको समस्याले हिड्न नसक्नाको कारणले बाहिरी गतिविधिमा संलग्न नभएतापनि लेख रचनाहरु विभिन्न पत्रपत्रिकामा साथीहरु मार्फत प्रकाशन भइ नै रहेका छन्। आजसम्म यस क्षेत्रमा लागेर कुनै सम्मान पुरष्कार नपाएको हुन त आफू गहिरिएर लागेको पनि छैन। त्यसैले पाउने कुरा ने भएन। तर आजसम्म आफ्नो प्रकाशित रचनाहरु जम्मा रु। २२० पाएको तर आफ्नो भने ३५,४० हजार खर्च भएको छ।

ऋ कुन विधा बढि मनपर्छ कलम चलाउन का निम्ति ?

सु वियोगान्त र कथा, कविता बढि मनपर्छ।

ऋ आफू ओझेलमा परेजस्तो लाग्दैन, कहिलेकाँहि यहाँ सम्म आइपुग्दा ?

सु प्रथम त आफ्नो शारीरिक अवश्थाको कारण र दोस्रो त आफूले प्रचार प्रसार गर्न नपाएर र कृतिहरु पत्रपत्रिका सम्म पुर्याउन सक्ने साधनको कमिको कारण ओझेलमा परेजस्तो लाग्छ। कमिको कारण ओझेलमा परेजस्तो लाग्छ।
ऋस् साहित्यिक क्षेत्रको संलग्नता बाहेक अरु कुनै क्षेत्रमा काम गर्नुभयो ?

सु वि।स। २०१७ सालदेखि काठमाण्डौं तथा बाहिर जिल्लामा २०४५ साल सम्म गैर सरकारि विद्यालयहरुमा शिक्षण कार्यमा आफू संलग्न रहेको तथा प्रथम पटक शुल्क प्राइमेरि स्कुल तथा दिवा शिशु स्याहार सदन को संस्थापक सदस्य भई २०३८ देखि २०३९ साल सम्म कार्य गरेको तथा केहि महिना ब्रिटिस नेपाल मेडिकल ट्रष्ट विराटनगरमा अनुवादक भइ कार्य गरेको साथै श्री सरस्वती मा।वि मा शिक्षिका भइ कार्य गरेको तथा नेपाल अर्बुद रोग संघमा साधारण सदस्य भइ विभिन्न समाजसेवाको काम गरेको छु।

ऋ साहित्यिक क्षेत्रको र गृहस्थी जिवन को कसरी तालमेल मिलाउनु भयो ?

सु श्रीमान् को जागिर बाट बिभिन्न ठाउँमा सरुवा हुँदा आफूले फर्सद पाएर लेख्न थालेको र साथै घरमा सासु ससुरा ले केहि नभन्ने हुनाले सजिलै सँग लेख्न सकियो। सबै भन्दा मुख्य कुरा श्रीमान् को आत्मिय तथा अटुट सहयोगका कारण यस क्षेत्र तथा घर गृहस्थीमा निरन्तरता दिन सकेको हो।

ऋ साहित्य र शिक्षण बाहेक अन्य कुनै क्षेत्रमा कार्य गर्नु भएको छ कि ?

सु यस बाहेक मैले जिल्ला शिक्षाको परिक्षा उत्तीर्ण गरेपछि विद्यालयमा पढाउदा त्यस भित्र रहेको नेपालि स्काउटको प्रथम चरणमा स्काउट र पौष्टिक आहार र दोस्रो चरणमा द्यचयधल इध किो तालिम लिएको अनि त्सैगरि विभिन्न संचार माध्यमहरु बाट कविता वाचन गरेको थिए।

ऋ अहिले के गर्दै हुनुहुन्छ ?

सु वि।सं २०४८ साल देखि घरमा नै बसेर साहित्य सिर्जनामा लागेको छु। अझै पनि अवसर र दिएमा कविता, कथा, लेख लेख्ने विचार रहेको छ। नारी चेतनाका लेखहरु लेख्ने तर गृहस्थीको कारणले गर्दा यी कामहरु गर्न नपाएको उहाँ गुनासो पोख्नुहुन्छ्।
वनिता प्रकाशनको ँवनिताू साहित्यिक पत्रिकाको आजिवन सदस्य भएको र वि।सं २०५६ साल देखि २०६२ साल सम्म विभिन्न वाल कविता, कथाहरु लेखेको छु।

ऋ तपाँइका समकालीन साहित्यकार हरु को को हुन्रु ?

सु मेरा समकालीन साहित्यकारहरु लक्ष्मी उप्रेती, सरला चापाँगाई, वासुकी पाण्डे आदि हुनुहुन्छ। विराटनगरमा नै बढि लेख्ने गर्दथे।

ऋ तपाँइको अध्ययन कति सम्म छ ?

सु मैलें मनोविज्ञान मा आई।ए पास गरे विराटनगर बाट र बि।ए रत्न राज्य कलेजमा पढ्दै थिए। विवाह गरेपछि पढ्न छोडे तर पढ्न को लागी घरबाट कुनै रोकावट थिएन। आफैलाई पढ्न मन लागेन।

गैरआवसीय नेपालीको उपेक्षा

विदेशमा बस्ने नेपालीहरुले उता आर्जेको शीप र ज्ञान आफ्नो मातृभूमिमा लगानी गर्न चाहेका छन् । त्यसैले सन् २००३ मा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले आपसमा छलफल गरी काठमाडौंमा पहिलो विश्व सम्मेलन आयोजना गरे र उक्त सम्मेलनमा उनीहरुको एउटै माग थियो सरकारले कानून ल्याएर उनीहरुको पहिचान स्पष्ट पार्ने ।

गैरआवसीय नेपालीहरुले सरकारसंग कुनै विशेष माग गरेका थिएनन् । सुविधाहरु पनि उनीहरुले माग गरेका थिएनन् । उनीहरुको मुख्य माग के थियो भने गैरआवसीय नेपालीको स्पष्ट परिभाषा गरिदिने र त्यसका आधारमा उनीहरुले पाउने कानूनी अधिकार सुनिश्चित गर्ने । यौ माग सरकारका लागि निकै सजिलो थियो ।

त्यसैले तत्कालिन प्रधानमन्त्री सूर्य वहादूर थापा र अर्थमन्त्री डा. प्रकाशचन्द लौहनीलै तीन महिनाभित्र गैरआवसीय नेपालीसम्बन्धी कानून ल्याउने घोषणा गरे । त्यो घोषणा सुन्दा सम्पूर्ण गैरआवसीय नेपालीहरु अत्यन्त खुशी भएका थिए । विभिन्न परिवन्ध, बाध्यता र आकर्षक अवसरका कारण विदैशमा नेपालीहरु जानु परेपनि उनीहरु स्वदेशको विकासका लागि आफ्नो योगदान दिने सम्बन्धमा अझ प्रतिबद्ध भएका थिए ।

सरकारले घोषणा गरेपनि झन्डै दोस्रो सम्मेलन हुनुपूर्वसम्म यौ कानून ल्याउने कुनै हतारो थिएन । तर, सम्मेलनको सम्पूर्ण तयारी पूरा भएपछि सरकारलै गैरआवसीय नेपालीसम्बन्धी अध्यादेश जारी गरेको थियो । गैरआवासीय नेपाली सम्बन्धी अध्यादेश २०६२ अनुसार गैरआवसीय नेपालीको परिभाषा र हैसियत स्पष्ट पार्न प्रयास गरिएकौ थियो ।

उक्त अध्यादेशलाई गैरआवसीय नेपालीहरुले आफ्ना सम्पूर्ण माग पूरा नगरैको भन्दै बढी गुनासो गर्न थालै । दोस्रो सम्मेलनमा गैरआवसीय नेपालीहरुको चाहना अनुसार उक्त ऐन नआएको भन्दै गुनासो भयो र यसको संशोधनका लागि प्रस्ताव पेश गर्न समिति नै गठन भयो । तर, त्यो कानून अहिलेसम्म पनि आएको छैन् ।

जतिवेलासम्म विदेशमा बस्ने नेपालीहरुको आफ्नो हैसियत स्पष्ट हुदैंन, तवसम्म उनीहरु स्वदेश र्फकन उत्साहित हुदैंनन् । प्रजातन्त्र आएपछि विदेश जाने क्रममा निकै बृद्धि भएको छ । अहिले नेपालीहरु दक्षिण एशिया, एशिया, युरोप, अमेरीका, खाडी, मलेशिया लगायतका मुलुकहरुमा जाने गरेका छन् । निरन्तर उन्नती पथमा लागेका देशमा कार्यरत नैपालीहरु उतै बस्न चाहने क्रम बढ्दै गएको बेला केही निश्चित मापदण्ड पूरा गरिसकेका नेपालीहरु पुनः आफ्नो देशमा र्फकन चाहेका छन् । उनीहरुका अझ बढी आकषिर्त गर्न सरकारले सकैकौ छैन ।

अहिले सार्क राष्ट्र तथा अन्य तेस्रो मुलुकमा झण्डै ६० लाख नेपालीहरु विदेशमा कार्यरत् छन् । गैरआवसीय नेपाली संघले आफ्नो कार्यक्षैत्रलाई सार्कवाहैकका मुलुकमा कैन्द्रीत गरेको छ र विगत चार वर्षको अवधीमा यो संस्थाले करिब २६ देशहरुमा आफनो संगठन विस्तार गरिसकेको छ ।
गैरआवासीय नेपालीहरुमध्ये पाच प्रतिशत सग्ा मात्रै लगानी गर्न सक्ने क्षमता छ । उनीहरुलाई कम्तीमा विदैशी लगानीसरहकौ व्यवस्था गर्ने हौ भने उनीहरुले अर्बौ रुपैया लगानी गर्न सक्छन् । छिमैकी चिनमा आप्रवासी चिनियाले गर्ने लगानी त्यहा हुनै प्रत्यक्ष वैदेशिक लगानीभन्दा निकै बढी छ । यसैगरी भारतमा पनि रेमिटान्स र आप्रवासी भारतीयहरुको लगानी महत्वपूर्ण रहैकेा छ ।
किनभने भारत र चीनमा गैरआवसीय नागरिकहरुका लागि उल्लेखनीय आकर्षण दिइएकौ छ । जापानले पनि दोस्रो विश्वयुद्धपछि विदेशिएका आफ्ना नागरिकलाई स्वदैशमा आकषिर्त गर्न विभिन्न प्रकारका कार्यक्रमहरु ल्याएकौ थियौ । भारतलै अहिले आप्रवासीको निक्षेपमा बढी व्याजदिनेदेखि लिएर थुप्रै अरु सुविधा दिएको छ यहासम्मकी झन्डै डेढ दर्जन मुलुकमा रहैका भारतीय नागरिकले दोहोरो नागरिकता समेत लिएका छन् ।

गैरआवसीय नेपालीहरु पनि दोहोरो नागरिकता चाहान्छन् तर उनीहरु अहिले त्यो विषय उठाउन चाहान्छन् । उनीहरु त अहिले केवल कुनै सरकारी कानूनले गैरआवसीय नेपालीको परिभाषा कानूनी रुपमा परिभाषित गरिदेओस र त्यो परिचय घाटीमा भिरेर नेपालका लागि अझ बढी काम गर्न उत्साह मिलौस् भन्ने मुख्य उद्धेश्य देखिन्छ ।

शाही सरकारको पालामा आएको अध्यादेश अद्यावधिक नभएपछि अहिले पुनः यो संसद समक्ष विचाराधिन अवस्थामा रहेको छ । उनीहरुले आर्जन गरेको रकम र सीप यदि नेपालमा भित्रिएको खण्डमा यहाको आर्थीक अवस्थामा समेत वृद्धि हुने संभावना प्रवल छ । गैरआवासीयहरुलाई स्वदेशमा नै लगानी गर्न उत्साहित बनाउनै उचित वातावरण वनाउनु पर्ने र विदैशी लगानीसरहकौ मान्यता दिनु पर्ने माग राख्दै आएका छन् ।


गैरआवासीय नेपालीको सम्मेलनबाट पारित प्रस्ताव अनसारको दोहोरो नागरिकता अहिले उनीहरुको माग छैन । देशको मूल संविधानमा नै यो कानूनी व्यवस्था हुनु पर्ने भएकालै नेपालीहरुले यसलाई मुख्य मुद्धा बनाएका छैनन् ।

नेपाली मूलका विदेशी नागरिक भैसकेका नागरिकले आफ्नो पैतृक सम्पत्ती नेपालमा राख्न पाउनु पर्ने उनीहरुकौ माग छ । यसलाई पनि विवादकौ विषय बनाउने गरिएको छ । अहिले राजनीतिक तहदेखि सबैसंग मौखिक कुरा गर्दा गैरआवसीय नेपालीको पक्षमा देखिएपनि उनीहरुको व्यवहार सकरात्मक देखिएको छैन ।

यसलाई गैरआवसीय नेपालीहरुले देशको प्रतिकूल आर्थीक स्थितीमा पनि विदैशमा कमाएर स्वदेश पठाएको रकमले देशको अर्थतन्त्र गतिशिल भएकौ छ । यसको महत्वलाई सरकारलै वेवास्ता गरेको छ । यसवाहेक विदेशमा रहेका नेपालीहरुले थुप्रै ज्ञान आर्जन गरैका छन् जुन नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सहयौगी हुन सक्छन् । गैरअवासीय नेपाली भन्ने वित्तिकै आर्थिक क्षैत्रसंग जोडेर हेर्ने सरकारी रवैयाको वहुसंख्यक नेपालीहरु संधै गुनासो गर्छन् ।

विदेशमा रहेका नेपालीहरुको ज्ञानलाई आकषिर्त गर्नका लागि पनि एैनमा विभिन्न प्रावधानहरु राख्नु पर्नै हुन्छ । यसतर्फ अहिलैसम्म कसैकौ पनि सोच पुगेको छैन ।

Monday, December 15, 2008

वैदेशिक रोजगारको अर्को गन्तव्य ःमलेशिया

न्ावाकोट ,तारुका गा.वि.स, वडा नं ९ घर भई ,हाल वानेश्वर हाइट वस्ने केशव ढगांना ,वि.सं २०६१ म्ासिंर १७ गतेका दिन वैदेशिक रोजगारीका लागी मलेशिया तर्फ लागेका हन ,सन्दर सपना बोकर , नेपालमा जती नै प्रयास गरेता पनि उनले यहाा पैसा कमाउन नसकेको कारण ,उनी पैंसा कमाउनका लागी नेपालबाट ट्रष्ट नेपाल म्यानपावर कम्पनी को माध्यमबाट मलेशिया पगेका हन । उनले त्यहाा लोबेली फर्नीचर कम्पनीमा सिर्कमीको काम गर्ने गर्दथे ।ू शरुमा जादाा नौलो अनभव भएतापनि पहिला त्यस्तो प्रकारको काम नगरेकोले केहि अप्ठेयारो भने परेको थियो ।तर भाषाको भने कनै समस्या परेन किनभने किनभने त्यहाा हिन्दी भाषा बोल्नेहरु पनि थिए ँ। त्यहाा जाादा यहााबाट ८ घण्टा काम गर्नपर्छ र त्यसको पारिश्रमीक ७५० रिगेंट भनेता पनि उहाा गएर मैले करिब १० घण्टा जति काम गर्नपर्दथ्यो । त्यसको कारण पनि मेरो कामको समयावधिमा तोकिएन र पारिश्रमिक मा फरकपना आयो र साथै उनीहरुले पारिश्रमीक दिादा २ दिन विदा लियो भने ४ दिनको तलब काट्ने नियम थियो ।
त्यहाा कामगर्दा के के सविधा थियो भन्ने प्रश्नमा केशव भन्छन् ँ यहाा बाट जादाा धेरै सविधा देखाएता पनि त्यहाा भने केहि सविधा दिइएन , सबै फरक थियो । वीमा सविधा दिइएतापनि खै कसैले पाए जस्तो लागेन त्याहा आर्मी सिस्टम लाग गरिएको थियो । एउटा कोठामा ८,१० जना राखिन्थ्यो ,खाना बनाउने स्थानमा पानी , विजलीको सविधा थिएन ।ँ । उनी अगाडि भन्छन् ँत्याहा नेपालीको अवस्था भने राम्रो छैन ,आफलाई पनि काम गराइएको सिलसिलामा यहाा काम गर्न नआएको भएपनि हुनेथ्यो भने मनमा लाग्दथ्यो ,विशेष गरि विरामी पर्दा, यो विरानो मलकमा ँ । राजदतावासले कतिको सहयोग गर्दछ भन्ने प्रश्नमा केवश अगाडि भन्छन् ँ खै के भन्ने , यति सम्म कि कोहि नेपालीको मृत्यमा समेत हामीहरुले नै पैसा उठाएर लाश नेपाल र्फकाउने व्यवस्था गर्नपर्दथ्यो र केहि उजरी गर्न गएको खण्डमा समेत हामीहरुलाई उनीहरुले केहि वास्ता नगर्ने गर्दथ्यो ँ।ँ म्ालेशियन सरकार र नेपाल सरकार बीच अझै पनि सहयोग भएको छैन तर यहााको इजाजतपत्रवाला र उहााको रोजगारदाता बीच पब्लिक नोटरीको आधारमा अहिले सम्म साढे तीनलाख नेपालीहरु मलेशियामा वैदेशिक रोजगारीको लागी गएको श्रम विभागका वैदेशिक रोजगार विभागका सचिव कृष्ण दवाडि भन्नहन्छू
श्रम विभागको एउटा सहायक डेस्क मलेयिशामा स्थापना गर्न पहल गर्नभएको छैन भन्दा दवाडि भन्नहन्छ ँ पहल त गरेको हो तर विभिन्न कर्मचारीतन्त्र एवं अनेक किसिमको समस्याहरुका कारण हामीले त्यस कार्यलाई अगाडि बढाउन सकेका छैनौ ँ ।
सरकारी तथ्याक अनसार मलेशियामा केवल २,३,००० नेपालीहरुले श्रम गरिरहेको देखाएता पनि वास्तविकतामा भने त्यस देशमा झण्डै ३ लाख नेपालीहरु कामको खोजीमा आफनो श्रम त्यहााको श्रमबजारमा बेच्न बाध्य छन् । विगत १२ वर्षको लामो सशस्त्र द्धन्द्धका कारण नेपाली यवाहरु विदेश पलायन हन वाध्य भएका हन् । चाल आ.व मा वैदेशिक रोजगाीमा जानेहरुको संख्यामा कतार -५०५४०,मलेशिया -६५४५५ ,साउदी अरब -३२९४९, यएई -२०५१२ को संख्या रहेको छ ।
वैदेशिक रोजगारीका लागी मलेशिया जानेहरुमा भारतीय पछि नेपाली दोस्रो रुपमा पर्दछन् । वैधानिक तथा अवैधानिक रुपमा मलेशिया त्यहाा काम गर्ने नेपालीहरुको संख्या साढे तीन लाख भन्दा बढि रहेको तथ्य देखिएको छ । तर यति नै छन् भन्ने एकिन भने गर्न सकिएको छैन । कल विदेशिने नेपालीहरुमा १२ प्रतिशत भने यवाहरु म्ालेशियामा रहेका छन् । मलेशियाको जोहोबारु ,महार ,मलक्का,शाहाआलाम,सेलेगंर, क्यमरुनहाईलेण्ड ,लगंकाय,ताइपिइं ,पेनागं,जस्ता शहरहरुमा नेपालीहरुको बसोवास रहेका छन् । उनीहरु त्यहाा कम्पनीमा ,बाटोमा,निर्माण कार्यमा,बनजंगल,तरकारी तथा फलफल बगैंचा,जस्ता ठाउाहरुमा काम गर्ने गर्दछन् त्यस्तै त्यहाा कतिपय अध्ययनका लागी आएका नेपालीहरु पनि रात ीभने विभिन्न सेक्यरिटि सेन्टर ,पसलहरुमा काम गर्ने, रेष्टरेन्टहरुमा लकिछिपि काम गर्ने तर दिउासो भने कलेज जाने समेत गरेका छन् ।
म्ालेशियामा एकजना नेपालीले एक महिनामा औसतमा , करिब १०० अमेरिकी डलर कमाउने गरेको र अमेरिकी १० मिलियन डलर भन्दा बढि रेमिटेन्स त्यहााबाट नेपालमा भित्रिने ,जसले गर्दा नेपालको अर्थतन्त्रमा टेवा पगेको उल्लेख गरिएको छ । तर मलेशियामा नेपालीहरुको अवस्था ज्यादै दयनिय रहेको छ । कोहि कामदारहरुको त खाने ,वस्ने ठेगान समेत नभएको ,कसैलाई भने तोकिएको पारिश्रीमक समेत नदिइने हनाले त्याहा नेपालीहरुलाई धेरै काम गर्न ज्यादै अप्ठेरोर्े अवस्था छ ।
ँ यहााबाट जाादा नेपाली कामदारहरुलाई मलेशियन दलालले लिन विमानस्थलमा लिन नआएसम्म उनीहरु कहाा जाने के गर्ने भन्ने विलखबन्दनमा पर्ने गर्दछन् । त्यसको मख्य कारण नेपाली दलालले मलेशियन दलाललाई कमिशनवापत् पैंसा नपठाएसम्म कारखाना मालिकले कामदार लिन नपठाउने भएकोले धेरै नेपालीहरुले यस्तो समस्या झल्नपरेको देखिन्छ । यसले गर्दा नेपालीहरु अलपत्र पर्ने गर्दछन् । अर्को मख्य कारण नेपालीहरु ज्ाो कोहि वैदेशिक रोजगारको लागी जान्छन् उनहिरु पर्ण रुपमा अग्रेजी भाषाको ज्ञाता हदैनन् त्यसले गर्दा म्यानपावर र कम्पनी वीचमा के कस्तो शर्त र सम्झौता गरिएको छ र कति तलब छ , के कति सविधा छ त्यस बारे अनभिज्ञ हन्छन् । फेरी म्यानपावर कम्पनीहरुले पहिला कामदारहरुलाई एक प्रकारको सम्झौता पत्र देखाउने र त्यसमा सही गर्ने समयमा भने अर्को कम तलब को सम्झौतापत्र मा सहि गराएको हने हनाले कामदारहरु ठगिने गर्दछन् । राम्रो कम्पनी ,तलब होला भनेर जानेहरु पनि यसरी नै ठगिएका छन् ँमलेशियाबाट हालै नेपालीहरुको अवस्था बारे अध्ययन गरेर फर्केका जिफन्टका प्रवासी कमिटिका सदस्य समर थापा भन्दछन् ।
ँमलेशियामा नेपाली प्रवासीहरुलाई गर्ने व्यवहार फरक छ ,यसको कारक नै नेपालको श्रम निति र सरकार र आफैले गरेको श्रम सम्झौताको कारण नै हो । नेपाल सरकारले भने आफले ्त्याहा नेपाली कामदारहरु प्रति गरिएको भेदभावपर्ण व्यवहार र समस्या प्रति चनाखो भई उत्तरदायित्व वहन गर्न नसकेको कारण नै नेपालीहरुले त्यहाा दख पाएको जिफन्टका प्रवासी शाखा कमिटिका सदस्य समर थापा दावी गर्नहन्छ । यसै गरी कतिपय नेपाली कामदारहरुले मलेशियामा रहेको नेपाली राजदतावास प्रति असन्तष्ट व्यक्त गर्दै आएको जिफन्टका प्रवासी शाखा का सदस्य थापाले मलेशियामा ६ दिन गरेको आफनो अध्ययन को क्रममा पाएका छन् । जिफन्ट लगायत विभिन्न संघ संस्थाहरुले नेपाली राजदतावासको काम कारवाही कि्रयाशील र सरल बनाउन पर्ने करालाई सरकार साग विभिन्न समयदेखि माग गर्दै आएको तर सरकारले भने कानमा तेल हालेर बसेको र यतिका नेपाली वैदेशिक रोजगारीमा देशबाट जान्छन् तर उनीहरुको सरक्षाको लागी भने सरकारले अहिले सम्म श्रम डेस्क ,श्रम सहचारी समेत नियक्त नगरेकोले यो समस्यामा कमी नआएको पनि एक कारण भएको गनासो थापा व्यक्त गर्दछन् ।
ँहन त कामदारको लेबी काट्ने प्रकि्रया पनि एउटा समस्याको रुपमा नै रहेको छ , त्यसमा पनि फरक पर्दछ ,यहााबाट खाने,वस्ने सविधा साहले दिने भनिएता पनि त्यहाा विजली ,पानी भनेर श्रमीकको पारिश्रमीक बाट काट्ने गरेको छ ँ मलेशियाबाट काम गरी नेपाल फर्केका केशव भन्छन् ।
मलेशियामा काम गर्ने सबै नेपालीहरको अवस्था दयनिय नै छ भन्न पनि सकिन्न , त्यस्ाो त किर्तीपर मच्छेगााउका उदास श्रेष्ठको भने कथा अर्कै छ । उनी यहाा कक्षा १२ मा अध्ययन गर्दा गर्दै वैदेशिक रोजगारको लागी मलेशिया तर्फ लागेका हन् । उनले त्यहाा एउटा चाइनीज समाचारपत्र कम्पनमिा प्रेसको काम हर्ने गर्दथे । उनले त्याहा पत्रिका प्याकिग गर्ने काम गर्दथे । त्यहााकाम गर्दा उसलाई आधारभत तलब भने ५०० रिगेट मात्र दिने गरेको थियो र वस्ने सविधा भने कम्पनीले दिएता पनि उनी आफ भने भिन्दै कोठा लिएर बसेको तर पनि उनीहरुले लेबि १५० रिगंेट, विजली,पानी भनेर शल्क काट्ने गरेको बताए ।
आफ गएको एक हप्तामा त्यो कम्पनीको प्याकिग विभागको लाइन लिडरको जिम्मा दिइयो त्यसपछि आफलाई त्यस्तो कनै समस्या नभएको बताए ।
तर त्यो कम्पनमिा एकपटक त्याहाको सपरभाइजर जो मलेशियन भारत्ाीय थियो उ साग नेपाल्ाीलाई दख दिएको भनेर मैले विवाद गरे त्यस वखत मलाई अफिसबाट केहि समयको लागी सस्पेन्ड गरियो र तयो अफिस छोडेर मैले अर्को कम्पनी मा काम गर्नपर्यो । त्यहााको स्थानीय कामदारहरुले नेपालीहरुलाई कामको बोझ दिएर पीडा दिन्थे । त्यसले गर्दा नेपालीहरु ध्ोरै नै पीडीत भएको उदास भन्छन् ।
आफले बढिमा १२ घण्टा काम गरेको र र्फसदमा सामाजिक कार्यको लाग्ाी समय खर्च गर्ने गरेको बताए ।
यहााबाट जाादा २ महिना २२,२३ घण्टा सम्म काम गरे त्यसपछि मैले विहानमा सफाईको काम गरे ,त्यस कम्पनीमा अनिर्वाय रुपमा ओभरटाइम गराउन पर्दथ्यो ,त्यसबेला एकदम दख लागेकेा थियो । केहि टेनिग नलिईकन गएको भएता पनि काम सिकेर नै ३ वर्ष विताएको करा उदास श्रेष्ठले बताए ।
त्यहााबाट फर्केर आउादा आफले ४ लाख जति कमाएको र अब भने आफ फेरी वैदेशिक रोजगारको लागी इजरायल जाने विचारमा रहेको करा बताए । इजरायलमा गएर पनि जिफन्ट अन्र्तगतको प्रवासी सर्पोट समहलाइृ परिचालन एवं विस्तार गर्ने योजना रहेको र हरेक नेपालीहरु जो दखमा बााचीरहेका छन् तिनीरुहलाई उद्धार गर्ने र सक्दो सहयोग गर्ने प्रयास गर्ने योजना रहेको बताए ।
म्ालेशियामा विदेशी कामदारहरुलाई कनै रिसिभरहरुले लिन नआएको खण्डमा केहि समयसम्म डिटेन्सन् शिविरमा राखिने र यदि धेरै समय सम्म नआएमा उनीहरुलाई थाइल्याण्ड र इन्डोनेयिशयाको जगंलमा लगेर छोडने गरेको पनि खलासा भएको छ । मेलेशियाको सरकारले भिजन २०२०को लक्ष्य परा गरी मलेशियालाई पनि अमेरिका जस्तै समृद्धशाली बनाउनका लागी कामदारहरुको श्रमशोषण गरेको समेत धेरैले गनासो गरेका छन् । त्यहाा अलपत्र परेका र कम्पनीले धेरै समय सम्म लिन नआएका नेपालीहरुलाई भने एउटा डिटेन्सन शिविरमा राख्ने गरेको ,उनीहरुलाई खान,वस्न दिएता पनि धेरै समय सम्म लिन नआएमा भने त्यहि बाट थाइल्याण्ड ,इन्डोनेशियाको जगंलहरुमा लगेर छोडने गरेको तथ्य समेत नाम नवताउने शर्तमा उल्लेख गरेका छन् ।
म्ालेशियामा सरक्षा गार्ड र नेपाली
म्ालेशियन सरकारले नेपालीहरुलाई सरक्षा गार्डको लागी छनौट गर्ने भएकोले अधिक मात्रामा गोर्खा सैनिकबाट निवृत्त भएकाहरुलाई त्यहााको सरक्षागार्डमा लिने गरिएको छ । त्यस्तै मलेशियामा सरक्षागार्डको काम गरेका लक्ष्मीकान्त घिमिरे ले एक संञ्चारकर्मी साथीलाइर्ृ पठाएको पत्रमा नेपालीहरुको कथाव्यथा समावेश गरिएको थियो । जसमा त्यहाा सरक्षा गार्डको काम गर्दा आफले ओभरटाइम ६ घण्टा दिन विराएर काम गरेको र १२ घण्टा भने सधैको काम गर्ने गरि १८ घण्टा काम गर्दछन् बााकी समय भने उनले आफनो देनिक जीवनको काम गरि बिताउने र जम्मा ८ घण्टा मात्र सत्ने गरेको उल्लेख गरिएको छ । यसरी आफनो अफिसको कामको व्यस्ताको कारण उनीहरुलाई त्याहा दााया वायाा सोच्ने र्फसद समेत नभएको बताएका छन् । उनीहरुले ओभरटाइम र मासिक ज्याला गरी १६०० आरएम तथा नेपाली ३२०००जति कमाउने गरेको त्यसमा पनि खाना,फोन कार्ड बाट बचाएर मात्र करिब ११,१२ सय मात्र बच्ने गरेको र उनले सालाखाला हिसाबमा आफले ३००००० जति नेपाली बचत गर्नेृ र आफ त्यहााबाट अष्टेलिया जाने चक्कर रहेको तर त्यहााबाट जान अलि जोखिम उठाउनपर्ने र करिब १२००० आरएम लाग्नेगरेको समेत उल्ल्ोख गरेका छन् ।
उनले पत्रमा लेख्नभएको छ ,जब हामीले नेपालको म्यानपावर यरो एशिया इम्प्ााइमेन्ट सर्भिसले कान्तिपरमा प्रकाशन गरे अनसार १२५० रिगेट सेलरी को आधारमा यहाा आयौ ,हामीलाई १२५० नभएर १२०० मात्र दियो हामीले आफै म्यानपावरमा धेरै पल्ट फोन फयाक्स गर्‍यौ तर हन्छ दिन्छ भनेर टार्‍यो यता हामी कम्पनीमा भनेर आएका थियौ त्यो कम्पनीले हामीलाई अर्कै प्रोग्रेसिभ सेक्यरिटि सर्भिसेज भन्ने कम्पनीलाई बेच्यो । यो तथ्यबाट के थाहा हन्छ कि मलेशियामा पनि नेपालीकामदारहरुलाई एक कम्पनीको लागी भनेर कम्पनीमा पनि लग्ने गारिदो रहेछ भन्ने बझन सकिन्छ ।मलेशियाको क्वालालम्परको पेट्रोनाश टावरमा अवस्थित द इशेटान सपरमार्केटमा सरक्षा गार्ड र अन्य क्षेत्रमा काम गर्ने करिब १५० नेपाली छन् । मलेशियामा सरक्षा गार्डको काम गर्ने नेपालीहरुको अरु क्षेत्रमा काम गर्ने नेपालीहरुको भन्दा आर्कषक तलब र सविधा भने रहेको छ तर दख भने त उस्तै नै रहेकोछ । यति थोरै तलबमा काम गरिरहेका नेपालीहरुले कारखानामा प्रयोग हने रसायनहरुले पर्‍याउन सक्ने जोखिमबाट आफै बच्नपर्ने , कनै दर्घटना भएर स्वास्थ्य एवं शारीरिक समस्या देखिएमा उपचार खर्च आफैले व्यहोर्नरपर्दछ । यहाा स्वास्थ्य वीमा हने र उपचार पाउने भनिएतापनि त्याहा त्यसको ठीक उल्टो हने गरेको रहस्य खल्न आएको छ ।
तथ्यंाकमा के छ ?
नेपालबाट वैदेशिक रोजगारीको लागी मलेशियामा जाने नेपाली यवाहरुको संख्या चाल आर्थीक वर्षको पहिलो पााच महिनामा ४० प्रतिशत घटेको छ । चाल आर्थीक वर्ष २०६४र ६५ को मसिंर मसान्तसम्म नेपालबाट १९ हजार ७ सय २१ ज्ाना वैदेशिक रोजगारीका लागी मलेशिया तर्फ लागेको तथ्याक भेटिन्छ । अघिल्लो वर्षका ेसोहि अवधिमा यो संख्या ३३ हजार १ सय ६० रहेको थियो । अति कम पारिश्रमिक तथा विभिन्न लेबी काट्नाको कारण पनि पछिल्ल्ाो समयमा मलेशिया तर्फको आर्कषण घटेकोले पनि यस आवको मंसिर मसान्तसम्म मलेशियामा वैदेशिक रोजगारीको लागि जानेको संख्या ४०.२ प्रतिशतले कमी आएको तथ्य भेटिन्छ । त्यसै गरी गत आर्थीक वर्षमा नेपालबाट वैदेशिक रोजगारीको लागी गएका २ लाख ५ हजार ३३ जना मध्ये ७४ हजार २९ जना मलेशिया गएका थिए । यस वर्ष भने यो संख्या ५० प्रतिशत सम्म घटने अनमान विभागको रहेको छ । चाल आवको साउनमा ४ हजार ३ सय ५१ ,भदौमा ४ हजार ६ सय ५२,असोजमा ४ हजार ५ सय ३५,कात्तिकमा २ हजार ८ सय २०र मंसिरमा ३ हजार ३ सय ६३ जना नेपाली मलेशिया गएका थिए । तर आवको साउनमा ७ हजार ६ सय १८,भदौमा ८ हजार ८ सय ९५ ,असोजमा ६ हजार १ सय ७९ कात्तिकमा ४ हजार ८ सय र मसिंरमा ५ हजार ६ सय ६८ नेपाली वैदेशिक रोजगारीका लागी मलेशिया गएका थिए । चाल आर्थीक २००७ /०८ मा मलेशियामा काम गर्ने नेपालीको संख्या ७१हजार भएको र मलेशिया खाडी मलकपछि अर्को मलक हो जसले अधिक संख्यामा नेपाली कामदारहरुलाई कामको लागी लिने गरेको छ ।
यती ठलो संख्यामा नेेपालीहरु मलेशिया गएतापनि मलेशिया भने सरक्षित गन्तव्य नभएको रोजगारदाता कम्पनी बीच पछिल्ल्ाो समयमा विवाद देखापरिरहन ,करार अनसार तोकिएको पारिश्रमीक नपाउने जस्ता विभिन्न समस्याको कारणले त्यहाा रोजगारीको लागी जाने नेपालीको संख्या घटेको रुपमा पाइन्छ । गत वर्ष नेपालबाट वैदेशिक रोजगारीका लागी गएका मध्ये मलेशिया पहिलो क्रममा थियो । पछिल्लो पटक नेपालसरकारले कम्तीमा मासिक १ सय २५ डलर बचत हनपर्ने र सो संभव नभए विभागले स्वीकृति नदिने समेत निति लिएको छ ।
हालै काठमाडौंमा संस्था पौरखी र मलेशियामा कामगर्ने नेपाली कामदारहरु बीच एक अन्र्तकि्रयाको आयोजना भएको थियो । सोहि क्ममा मलेशियाबाट फर्कीएका नेपालीकामदारहरु र सस्था प्रतिनिधि बीच भएको अन्र्तकि्रयाको केहि अंश प्रस्तुत गरिएको छ ।
मदनकुमार राई मलेशियामा साढे तिन वर्ष देखि रोजगाररत हुनुहुन्छ र पुनः त्यहि रोजगारीमा र्फकदैं हुनुहुन्छ । उहााले मलेशियामा शुरुवातका दिनहरु कठिन भएतापनि संघर्ष निरन्तर गरेको र हाल सन्तोष जनक रहेको भनाइ राख्नु भएको थियो । आफु कार्यरत कम्पनीमा सागै काम गर्ने साथीको काम गर्दागर्दै हात भााचिए पछि कम्पनीले विना क्षतिपूर्ति र उपचार निकालिदिए पछि नेपाली कामदारहरु मिलेर उसलाई दूतावास मार्फत नेपाल र्फकन आर्थिक सहयोग दिलाएको अनुभव पनि सुनाउनु भएको थियो । नेपाली कामदारलाई समस्या पर्दा सहयोग गर्ने निकाय नभएकोले कामदारहरुले समस्याको समाधान नपाउने गरेको र नेपाली रिक्रुटिङ्ग एजेन्सीहरुको प्रतिस्पर्धा र लापरवाहीले गर्दा पहिला भन्दा अहिले अत्यन्त कम तलबमा काम गर्नु पर्ने अवस्था आएको गुनासो गर्नु भएको थियो ।
शान्ती मल्ल -मलेशियामा ६वर्षदेखि कार्यरत कामदारको श्रीमति) ः- श्री मल्ल जीले उहााको श्रीमानलाई मलेशियामा पुगे पछि नेपालमा भने अनुसारको काम र तलब नदिएको, कार्पेन्टरमा भनेर लगेको तर अर्कै किसिमको काममा लगाएको, तलब पनि कम भएकोले रकम संचिती गर्न नसकिएको , छोराछोरीको पढाई र घरखर्च धान्न मात्र पुगेको व्यथा पोख्नु भएको थियो ।
लक्ष्मी सुब्बा ः- श्री सुब्बाले आˆनो श्रीमान ७ वर्ष सम्म बहराइनमा काम गरेको बताइन् । त्यहाा काम गर्दा नेपाली लाई असाध्यै काममा खटाउने गरिएको जानकारी दिनु भयो । दैनिक १६ देखि १८ घण्टा सम्म काम गर्नु पर्ने बाध्यता भएको त्यसरी काम गरेता पनि तलब भने जति नपाइने समस्या भोग्नु परेको अनुभव सुनाउनु भयो ।
यसरी प्राय जसोको अनुभवमा नेपालदेखि नै रिक्रुटिङ्ग एजेन्सीहरुले ठगी गर्ने र विदेशमा पनि भनिए जस्तो काम, तलब र सुविधा नपाउने तथा त्यस्ता समस्याहरु समाधान हुने निकाय नहुनाले बाध्यतावश दुःख सहेर पनि काम गर्नु पर्ने अनुभव व्यक्त गर्नु भएको थियो ।
सोहि क्रममा मलेशयाका लागि नवनियुक्त राजदूत श्री ऋषिराज अधिकारी मलेशियामा कार्यरत कामदारहरुको तथ्याङ्क राख्ने कामको थालनी हुनु पर्ने र कामदारको समस्या निकासको लागि प्रतिवद्ध भएर लाग्नु पर्ने, त्यहाा सो कार्यको लागि आवश्यक साधनस्रोत र जनशक्तिको पहिचान गरेमा आगामी कार्य नीतिहरुको लागि सहयोग पुग्ने धारणा व्यक्त गर्नभएको थियो । आˆनो राजदूत नियुक्तिको लागि एग्रीमो आए लगत्तै विभिन्न स्तरको कार्यक्रममा सहभागी भएको अनुभव व्यक्त गर्नु भएको थियो । ४ लाख नेपाली कामदार रहने मलेशियाको राजदूतको कार्यभार अत्यन्त चुनौतिपूर्ण भएकोले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने कामदारहरुको हितमा रही काम गर्ने र सकेसम्म श्रमिकको समस्या हेर्ने अलग्गै विभाग बनाउने प्रयास गर्ने र यसको लागि नेपाल सरकार, मलेशियामा बसोबास गर्ने गैरआवासीय नेपाली तथा त्यहााका नागरिक समाजसाग सहयोगको लागि अपिल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहााले आफुलाई एउटा कुटनैतिक प्रतिनिधीको रुपमा नभएर एउटा आप्रवासी मजदूरको रुपमा अनुभव गरेकोले बैदेशिक रोजगारीलाई सुरक्षित र फलदायी बनाउन आˆनो क्षमताले भ्याए सम्मको प्रयास गर्ने विचार राख्नु भएको थियो । मलेशियामा भएका नेपाली संघ संस्थाहरु र सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने नेपाल स्थित संघसंस्थाहरु बिच अन्तरसम् बन्ध बढाएर सहकार्यको लागि पहल गरिदिन पनि नवनियुक्त राजदूतलाई आग्रह गरिएको थियो ।
सन् १९४६ को दोस्रो विश्वयुद्धको समाप्ती पछि विश्वयुद्धको क्रममा नेपालीहरु मलेशिया पुगेको र त्यहि बसोबास गर्दैआएको र हाल समय बित्दै जाादा मलेशिया नेपाली कामदारहरुको गन्तब्यको रुपमा स्थापित भएको घटनाक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । हाल मलेशियाले नेपालबाट कामदार जानको लागि ल्याएको नयाा नीतिले गर्दा त्यहाा जान नेपालीहरुको लागि बढि खर्चिलो हुने भएकोले यसबारे त्यहाा कुटनैतिक पहल गरिदिन राजदूत अधिकारीलाई आग्रह गरिएको थियो ।
नेपाली कामदारहरु यहााबाट जाादा सबैले स्थानीय मलाय भाषा सिकेर गएका हदैनन् ,उनीहरुलाई आफनो योग्यता अनसारको अगं्रेजी भाषा पनि त्यति नआउने भएकोले उनीहरुलाई भाषाको धेरै समस्या पर्ने देखियो । हन त नेपालीहरुलाई यहााको विमानस्थलबाट निस्केर हवाइजहाज चढेदेखि अर्को विमानस्थलमा पग्दा नै विदेशी भाषाको समस्या पर्ने गर्दछ । कतिपय सामान्य कराको समेत जानकारी नलिईकन पैंसा कमाउने भनेर त्यसै बहकिएर जाने भएकोले पनि त्यहाा पगर स्थिीती फरक पाएर पनि दख पाउने गरेको तथ्य भेटिन्छ । दलाललाइृ भने जति पैंसा दिएर केवल विदेश जानको मात्र भएपनि उनीहरु केहि नसोचीकन नै विदेश हत्तिएर जान्छन् । भाषा पनि एक प्रमख समस्या हो वैदेशिक रोजगारीका निम्ति ,रोजगारदाताको देशको भाषा जनान्दा पनि कतिपय नेपालीहरुले दख पाएका छन् र अर्को समस्या भनेको मेशिनरी सामानको प्रयोग गर्न नजान्दा पनि कतिपय नेपालीहरु दर्घटनामा पर्ने र अगंभगं समेत भएका छन् ।
मलेशियामा कार्यरत् तीन लाख नेपाली नेपालीले कम्तीमा पनि मासिक २ अर्ब रुपैया बचाउने गरेको र प्रतिव्यक्ति औसत १ सय डलर बचत हने आधारमा यो अनमान गरिएको हो । त्यहाा रहेका ८० प्रतिशत नेपालीले कमाएको रकम बैकिङ्ग प्रणाली मार्फत् घर पठाउने गरेका छन् ।
ँअरु देश हेरी मलेशिया जान अलिकम खर्च लाग्ने भएकोले न्यन वर्गका नेपालीहरु, अर्धदक्ष ,तल्लो वर्गका कामदारहरु मात्र जाने गरेको र त्यस्ता वर्गहरु म्यानपावर र दलाल मार्फत ठगिने गरेको र २०६१ साल यता अहिले सम्म यस संघमा विभिन्न देशहरु प्ाठाउने भनी ठगी गरेकाहरु विरुद्ध १५०० जति मद्दा भएको र त्यसमा करिब १९८ जति र्फछौट भईसकेकोू वैदेशिक रोजगार पिडित संघका अध्यक्ष शमशेर ब. कार्कीले बताउन भयो ।
निष्र्कष
मलेशिया नेपाली कामदारहरुको लागी श्रमको गन्तव्य भएतापनि त्याहा नेपालीहरुले भोगेको भाषीक समस्या , श्रम समस्या र सरकारको निति विपरित त्यहाा नेपालीहरुले काम गरीरहेको अवस्थाका कारण मलेशियामा नेपालीहरुको अवस्था अरु देश हेरी दयनीय नै रहेको छ । जसको कारण एक त नेपालको श्रम निति र रोजगारदाता र रोजगारवाला बीचको सम्बन्धमा भएको समस्या नै हो । नेपाल सरकार पनि तीन लाख नेपाली श्रमिकको समस्या प्रति गम्भीर र चनाखो नभएकोले पनि नेपाली कामदमरहरुले त्यहाा अझै समस्या भोग्न परेको हो । त्यसैले नेपाल सरकार र मलेशिया सरकार बीच तत्काल श्रम सम्झौता हनपर्ने देखेन्छ जसले गर्दा तीन लाख नेपालीको भविष्य सरक्षित र सनिश्चित हन सक्ने प्रवल सम्भावना रहेको छ ।

ऋचा शर्मा तिवारी
नयाा नेपाल मासिक
विशेष संम्वाददाता

मेरी कर्णाली

कर्णाली आज रोइरहेकी छे
तर सबै नेताहरु भने
आफनो पेट भर्ने दाउमा लागेका छन् ।

कर्णाली तिम्रो नामको दाउ लगाएर
आज कयौ नेताहरु
रातारात धनी भएका छन्
तर
तिमी मात्र किन गरिबी र शोषणमा
परेकी मेरी कर्णाली
किन लत्याइएकी मेरी कर्णाली
आखिर किन

तिम्रो रुपका आज खुल्लेआम सदनको
वेश्यालयमा विक्री भएका बेश्या झै
विक्री भइरहेको छ कर्णाली

सबै जना तिम्रो भाउ लगाउन
आतुर छन् राजनितिको वेश्यालयमा
तिम्रो सर्वस्व हरण गर्न
तिमीलाई निर्वस्त्र बनाउन
आतुर छन् राजनितिक बेश्यालयमा ।

मेरी कर्णाली
तिमी अब आफु बाच्ने उपाय खोज ।
अब त केहि बोल कर्णाली
मौन भएर नबस
धेरै ढिलो भइसक्यो
अब त केहि बोल ।
मेरी कर्णाली
अब त केहि बोल ।

अभिव्यञ्जना

तिम्रो माया विना

तिमी विनाको
मेरो जीवन
सम्झदा नै कहालीलाग्दो हुन्छ ।
डर लाग्छ तिमी सगको मायामा
कतै विछोड हुन्छ कि भनेर ।

पलपल असहय हुन्छ बांच्नलाई
तिम्रो माया विना ।
रातहरु अनिदो बन्छन्
एकपल पनि बर्षौ हुन्छ
तिम्रो माया विना ।

मायामा किन सधै
यस्तै यस्तै रोदन हुन्छ ।
जीवन किन पीडामय बन्छ
तिम्रो माया विना ।
तिम्रो माया विना ।

अभिव्यञ्जना

Sunday, December 14, 2008

विश्वमा आप्रवासन दिवस डिसेम्बर १८ सम्बन्धी केहि टिपोट

विश्वव्यापीकरणको कारणले आज समाज साँघरो हँदैछ । त्यसमा पनि आप्रवासनको क्रम बढेको हुनाले विश्वव्यापी रुपमा नै समाज साँघुरो हुँदै गएको यर्थाथलाई नर्कान सकिन्न । एकातिर आप्रवासनले गर्दा देशकेा अर्थतन्त्र बढेको छ र घरपरिवारको जीवनस्तर समेत बढेको छ । जुन देशको अर्थतन्त्र संकटमा परेको हुन्छ र त्यँहाका जनताहरुले अन्य आधारभुत आवश्यकता पनि पर्ती गर्न सकदैनन् तब त्यस देशबाट मानिसहरु आफनो आर्थीक अवस्था मजबुत बनाउनका लागी आप्रवासनको प्रकृया तर अग्रसर भएको पाइएको छ । केहि आप्रवासन भने शिक्षाका लागी पनि हुने गरेको पाइन्छ ।
तर ती आप्रवासनहरुले भने आर्थीक अवस्था सुधार गर्न भन्दा आर्थीक अवस्था कमजोर हुँदै गएको हन्छ । यसबाट प्रतिफल भने आशा गर्न सकिहाल्ने स्थिती भने छैन । तर रोजगारीका लागी भएका आप्रवासनबाट भने प्रतिफल समेत आशा गर्न सकिने ठाँउ पाइन्ो हुनाले यस प्रकारको आप्रवासन तिर मानिसहरु बढि आर्कर्षीत रहेको पाइएको छ ।
तीव्ररुपमा बढ्दो बरोजगारी र आर्थीक विपन्ताका कारण दक्षिण एसिया आर्थिक रुपमा संसारकै गरिब क्षेत्रको रुपमा रहेको पाइएको छ । भारतपाकिस्तान बगंलादेश र नेपालमा लगभग एकतिहाई भारत ४४।२ प्रतिशत पाकिस्तान ३१ प्रतिशत बंगलादेश २९प्रतिशत नेपाल ३७।७ प्रतिशत मानिसहरु दैनिक डलरभन्दा कम कमाउने गरेका छन् जसले गरिबीको संकेत गर्दछ ।
आप्रवासन सम्बन्धी अन्र्तराष्टिय संगठनका अनसार शताब्दीऔ देखि दक्षिण एसियाका जनता आर्थिक कठिनाइ प्राकृतिक प्रकोप लडुइ अशान्ति धार्मीक र जातीय द्धन्द एवं अन्य विभिन्न कारणहरुले एक ठाँउबाट अर्को ठुउमा जाने गरेका छन् । यो नै आप्रवासनको मुख्य कारण हो । यसरी आप्रवासनमा जान शिक्षाको लागी प्रवासिन भन्दा जोखिमपर्ण मानिन्छ । विश्वभरमा आप्रवासीहरुको संख्या लगभग १९ करोड १० लाख रहेको र यसमध्ये आप्रवासी कामदारहरुको संख्या १२ करोड रहेको र एशियामा मात्र ४ करोड ९० लाख आप्रवासी रहेका छन् ।
हाल भारतमा बाहेकका देशमा काम गर्न जाने नेपाली कामदारहरुको संख्या दैनिक ६०० को हाराहारीमा छ । श्रम तथा रोजगार प्रबद्धन विभागले अगाडि ल्याएको तथ्याक अनुसार हाल ९६३७०८ जना नेपालीहरु वैादेशिक रोजगारमा गएका छन् । तर अभिलेख भएका र नभएकाहरु जोडदा २० लाख नेपालीहरु वैदेशिक रोजगारमा तेस्रो मुलुकमा गएको पाइएको छ । विश्वमा नै महिला आप्रवासीहरुको संख्या ५६ प्रतिशत रहेको छ ।
विप्रेषणको विषयमा भन्नपर्दा आप्रवासनले गर्दा सन्ं २००७ मा वैदेशिक रोजगारबाट १ खरब २ अर्ब ४० करोड भन्दा बढि रुपैया विप्रेषण औपचारिक माध्यमबाट भित्रिएको विश्व बैक को अनमान रहेको छ । त्यसै गरि विप्रेषणले कुल ग्राहस्थ उत्पादनको १८ प्रतिशत योगदान गरेको छ जसमा ११ प्रतिशत भने महिलाकामदारहरु को योगदान रहेको र दशैं योजनाको अवधिमा करिब ११ प्रतिशत गरिबी घटेको र गरिबी ४२ प्रतिशत बाट घटेर ३१ प्रतिशतमा पुगेको कुरालाई नर्कान्न भने सकिन्न । नेपालमा यो अवस्था आउनको मुख्य कारण नै वैदेशिक रोजगार र विप्रेषण नै हो ।
विप्रेषणकै सन्र्दभमा सन् २००७ मा भारतले २७ अर्ब चीनले २५ अर्ब सत्तरी करोड बंगलादेशले ६।४ अर्ब पाकिस्तानले ६।१ अर्ब अमेरिकी डलर भित्राएका थिए जसमा बिश्व बैकको अनुसार विप्रेषणको तथ्याक आप्रवाह ३ खरब १७ अर्ब अमेरिकि डलर रहेको थियो भने नेपालमा विप्रेषण भित्रिने दश राष्टहरुमध्ये भारत थाइल्याण्ड साउदी अरब अमेरिका बेलायत बु्रनाई दक्षिण कोरियाजापानजर्मनी र अष्टेलिया आदि हुन् । सन् २००७ मा विश्वमा सबैभन्दा बढि विप्रेषण भित्रयाउने दशबटा राष्टहरु भारतचिन मेक्सीकोफिलिपिन्सफ्रान्सस्पेनबेलजियमसंयुक्त अधिराज्य जर्मनी रुमानिया रहेका छन् ।
केन्दिय तथ्यांक विभागको तथ्याकको सन् २००१ को तंथ्याक जनगणना अनुसार ८२७१२ जना महिलाहरु ५ महिना भन्दा बढि विदेशिएका थिए । तर महिला कामदारहरको तथ्याक भने अझै स्पष्ट नभएको र युनिफेम र निडस्ले दिएको तथ्यांक अनुसार ७८३०८ महिलाहरु वैदेशिक रोजगारमा गएको थाहा हुन आएको छ तर महिला कामदारहरुको संख्या सरकारी तथ्याक भन्दा कयौ गणा बढि छ । नेपाली महिलाहरुको वैदेशिक रोजगारीका लागी साउदी अरेबिया संयुक्त अरब इमरेट्स कुवेत बहराइन ओमान इजरायल हगंकगं माल्दिभ्स दक्षिण कोरिया साइप्रस र लेबनान जस्ता देशहरुलाई मुख्य गन्तव्यको रुपमा बनाएका छन् ।
आप्रवासनका केहि कमजोर पक्षहरु प्नि रहेको छ जस्तो कि कामदारहरु प्रति रंगभेदमा पर्ने कामदारको स्तर अनुसार भेदभाव हुनाले पहिचानमा कमी पनि रहेको देखिन्छ । त्यसै गरि आप्रवासीहरु ब्ाढि अरु देशमा रहने हुनाले भाषाको समस्या कानुनी संयन्त्रमा पहुँच नहुनु भाषा आर्थीक हैसियतले समस्या हुनु चेतनामा कमी कतिपय कानुनले नै स्वंय कामदारहरुलाई स्वदेश र विदेशका कामदारहरुलाई नै भेदभाव गरेको छ । त्यसमा पनि कतिपय देशहरुले आइएलओ को मान्यता अनुसार कानन पालना नगरेको हुनाले कामदारहरुले आफनो अधिकार प्राप्त गर्न सकेका छैनन् भने अर्को तर्फ अदक्ष र अर्धदक्ष कामदारहरु भएको कारण पनि पीडा भोग्न वाध्य भएका छन् ।
त्यसै गरि महिला कामदारहरु माथी कतिपय देशहरुमा भेदभाव गरिने हुनाले पनि वैदेशिक रोजगारीमा जाने महिलाहरुले पनि कतिपय स्थानहरुमा पनि शारिरिक िहंसाका समस्या झेल्नपर्ने रहेको पाइन्छ । महिला कामदारहरुका वैदेशिक रोजगारमा धेरै नै समस्याहरु रहेका छन् यहु सम्म कि विमानस्थलको बाटो देखि गन्तव्य नआएसम्म पनि धेरै समस्याहरु आउछँन । वैदेशिक रोजगारमा गएकाहरुले आफनो परिवारलाई आफनो गन्तव्यमा लान पाउने नियम नभएकोले परिवारहरु विछोडमा जीवन विताउन पर्ने वर्षोैमा बल्ल बल्ल नेपाल आउन पाउने विभिन्न कडा नियमहरु हुने गरेको र म्यानपावर एजेन्सीको ठगी र विदेशमा रहेका एजेन्टबाट हने विभिन्न किसिमका ठगी आदि विभिन्न समस्याहरु हुने भएकाले यो समस्यालाई समाधान गर्नका लागी सरोकारवालाहरु अग्रसर हनपर्ने देखिन्छ । त्यसमा पनि महिलाहरु यस प्रकृयाबाट पनि बढि ठगीने र िहंसामा पर्ने हुनाले विशेष गरि महिलाको सुरक्षामा ध्यान सरोकारवालाले दिन पर्ने कुरामा जोड दिनपर्ने देखिन्छ ।
यस्ता विभिन्न समस्याहरु सहजै समाधान भएका पक्कै पनि वैदेशिक रोजगारी र आप्रवासनका समस्या समाधान हुन सक्छ । नेपालमा सन् २००२ देखि विश्व आप्रवासन दिवस मनाउन थालिएको हो ।

ऋचा शर्मा तिवारी